१७ माघ २०७९, मंगलवार

लुक्लाबाट उडेका हेलिकप्टर काभ्रेमा आकश्मिक अवरतरण

प्रकाशित मिति :  ३१ भाद्र २०७६, मंगलवार १०:४३


लुक्लाबाट उडेका हेलिकप्टर काभ्रेमा आकश्मिक अवरतरण

३१ भदौ, काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट उडेका कम्तिमा ८ वटा हेलिकप्टर प्रतिकूल मौसमका कारण काठमाडौँ आउन सकेका छैनन् ।

प्रतिकूल मौसमका कारण ७–८ वटा हेलिकप्टर काठमाडौंबाट २५ देखि ३५ किलोमिटरको दूरीमा सुरक्षित स्थानमा अवतरण गरेर बसेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

उडानकै क्रममा मौसम प्रतिकूल भएपछि हेलिकप्टरहरुले सुरक्षित स्थान खोजेर आकश्मिक अवतरण गरेको जनाइएको छ । मनाङ्ग, सिम्रिक र कैलाश एयरसहितका हेलिकप्टर खराब मौसमका कारण काठमाडौँ आउन नसकेका हुन् ।

केही दिनदेखि लगातार मौसम खराब हुँदा लुक्ला विमानस्थलबाट उडान हुन सकेको छैन । यसले गर्दा ३०० भन्दा बढी पर्यटक अलपत्र परेका छन् ।

लुक्ला क्षेत्रमै रोकिएर आएका पर्यटक सवार हेलिकप्टरहरु नै काभ्रेको पाँचखालसहितका क्षेत्रमा आकश्मिक अवरतरण गरेर बसेका हुन्।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता