१३ माघ २०७९, शुक्रबार
समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज जन्मदिन

प्रकाशित मिति :  ३१ भाद्र २०७६, मंगलवार ११:१०


नरेन्द्र मोदी

३१ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आफ्नो जन्मोत्सव मनाइरहेका छन् । उनको जन्मदिनको महोत्सव उनीसंगमात्र सीमित छैन ।

भारतीय र सुभेच्छुक राष्ट्रहरुले पनि शुभकामना व्यक्त गरेका छन् । भारतमा एक मोदीप्रेमीले त अहिलेसम्मकै विश्वको ठूलो केट काट्दै छन् ।

त्यस्तै कसैले केक काटेर गरीवलाई बाँड्दै छन् । त्यस्तै बालुवामा आफ्नो कला देखाउने स्यान्ड आर्टिष्ट सुदर्शन पटनायकले खास शैलीमा मोदीलाई जन्मदिनको बधाई दिएका छन् । एबीपी न्यूजका अनुसार उनले स्वच्छता अभियान तथा नयाँ भारतको आफ्नो थिम बनाएका छन् ।

मोदी भने मंगलबार बिहानै जंगल सफारीमा लागेका छन् । एएनआईका अनुसार उनी गुजरातको नर्मदा जिल्लामा रहेको पर्यटक पार्क केभादियामा जंगल सफारीमा लागेका हुन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा