प्रहरी बुलेटिन : कहाँ के भयो ? [थाहा पाउनुस]
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ ३१, २०७६ मंगलबार १८:१४:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/police-news-photo_tjMES9btWv.jpg)
३१ भदौ, काठमाडौं । झापाको विर्तामोड नगरपालिका-४ स्थित अनुल सारु मगरको कोठाबाट कटुवा पेस्तोल २ थान, गोली ४ राउण्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माईन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु लगायतका विभिन्न सामाग्रीहरु सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विर्तामोड नगरपालिका-४ डेरा गरी बस्ने मकवानपुर भिमफेदी गाउँपालिका-२ का २६ वर्षीय अनुल सारु मगर सहित विर्तामोड नगरपालिका-४ मेघाबारी चोक बस्ने झापा हल्दिवारी गाउँपालिका-५ का ४४ वर्षीय टिका पोखरेल र ईलाम माङसेबुङ गाउँपालिका-१ बस्ने मनिष भन्ने ३४ वर्षीय प्रविन मिश्र रहेका छन् ।
गत भदौ २२ गते राति विर्तामोड नगरपालिका-२ चारपानेमा शंकास्पद बस्तु विस्फोट भएको घटनाको अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घटनामा संलग्न रहेका टिका पोखरेल र प्रविन मिश्रलाई विर्तामोड नगरपालिका-४ मेघाबारी चोकबाट मे.६ प ७३०८ नम्बरको मोटरसाइकल, मोबाइल ५ थान, डायरी १ थान, आर्थिक सहयोग सम्बन्धी पत्र ७ थान, विभिन्न परिपत्र २ पाना र टिकाराम पोखरेलको नाममा रहेको लाईसेन्स १ थान सहित फेला पारी पक्राउ गरेको हो ।
साथै पक्राउ पश्चात थप अनुसन्धान गर्ने क्रममा अनुल सारु मगरको कोठा खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको उक्त हतियार लगायतका विभिन्न सामाग्रीहरु प्रहरीले फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोईन ३० दशलमब ९० ग्राम सहित झापा विर्तामोड नगरपालिका-६ घर भएका शंकर राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले विर्तामोडबाट काठमाडौं आउँदै गरेको ना.५ ख ४९१३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, कलैया उपमहानगरपालिका-१० स्थितबाट नियन्त्रित लागूऔषध कोरेक्स ४० बोतल र नाईट्रोभेट १ सय ५० ट्याब्लेट सहित कलैया उपमहानगरपालिका-१३ बस्ने २० वर्षीय अली मिया धोबीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै,काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट करिब १ केजी बराबरको सुन जस्तो देखिने पहेँलो धातु सहित काठमाडौं ठुलोभर्याङ बस्ने सिन्धुली कमला नगरपालिका घर भएका ४२ वर्षीय राजकुमार बम्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा सुन जस्तो देखिने पहेंलो धातु बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।
उता कास्की , पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तमु सेवा समितिको भवनमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-९ बस्ने ५५ वर्षीय याम कुमार थापा लगायत ८ जनालाई नगद २५ हजार १ सय १० रुपैयाँ र ४ बुक तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस्तै धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ वीरेन्द्रबजारस्थित सडकमा स.१० प १४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स.१ ख ९१८ नम्बरको ट्रकमा सोमबार साँझ ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी घर भएका ४५ वर्षीय पवन कुमार राय अमातलाई उपचारको लागि अञ्चल अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यता काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-९ वीरेन्द्र चोक डेरा गरी बस्ने सर्लाही लालबन्दी घर भएकी सर्मिला लामाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ५७ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नयाँ नैकाप बस्ने सर्मिला न्यौपानेको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगल पंचकुमारी बस्ने राजेश राईको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुञ्जे साहुटोल बस्ने पूर्ण कला राईको घरबाट ल्यापटप २ थान र सुन चाँदिको बिभिन्न गरगहना ४ तोला समेत गरी करिब ३ लाख ८९ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने राजेश पायल राईको घरमा सोमबार दिउँसो आगलागी हुँदा विभिन्न फर्निचरका सामाग्री, टिभि पियानो, विभिन्न अवार्ड, ट्रफिहरु समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रौतहट, ईशनाथ नगरपालिका-१ बंजरहा बस्ने बिगन राउत कुर्मी र बिनोद राउत कुर्मीको फुसको घरमा सोमबार राति आगलागी हुँदा घर तथा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन लगायतका सामानहरु जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसौर्य एयरका पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत
साउन ११, २०८१ शुक्रबार
खोटाङको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना
साउन १०, २०८१ बिहिबार
एआइजी डा सिंहको बिदाइ
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
तरकारी खेतीबाट नाम र दाम दुवै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा परेकामध्ये ११ जनाको शव परिवारले लगे, विदेशीसहित ७ जनाको बाँकी
साउन १२, २०८१ शनिबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
साउन १२, २०८१ शनिबार
अभिलेख नहुँदा नागरिकताबाट वञ्चित
साउन १२, २०८१ शनिबार
चितवनमा ५१ जनामा डेंगु सङ्क्रमण
साउन १२, २०८१ शनिबार