समाचार

गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक सुशील कोइरालालाई

प्रकाशित मिति :  ३१ भाद्र २०७६, मंगलवार १४:५९


३१ भदौ, काठमाडौं । २०६२ र ०६३ को जनाअन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष प्रदान गरिदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यस वर्ष पुर्व प्रधानमन्त्री सुशील कोइरालालाइ मरणोपरान्त प्रदान गरिने भएको छ ।

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पुर्वप्रधानमन्त्री कोइरालालाइ संविधान दिवसको दिन पारेर गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृती प्रतिस्ठानले आगामी ३ असोजमा सो पदक प्रदान गर्न लागेको हो ।

प्रतिस्ठानका अध्यक्ष भीमसेनदास प्रधानले कोइरालाको सम्मानमा मरणोपरान्त सो पदक प्रदान गर्न लागिएको जानकारी दिए । सो पदक रास्ट्रपति बिद्यादेवि भण्डारिको प्रमुखअतिथ्यतामा विशेष समारोह आयोजना गरि प्रदान गरिने छ ।

गत वर्ष सो पदक लोकतत्रको स्थापनामा महत्वपुर्ण भुमिका निभाएको भन्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ प्रदान गरिएको थियो भने त्यस अघि पुर्व राष्ट्रपती रामवरण यादव, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा संविधान मस्यौदा समितिका सभापती कृष्णप्रसाद सिटौला लाई दिइएको थियो ।

यसैगरी शान्ती नायक गिरिजाप्रसाद कोइरालालाइ समेत मरणोपरान्त सो पदक प्रदान गरिएको थियो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा