अविरल वर्षाले खजुराका सयौँ घर डुबानमा
नेपालबहस संवाददाता
असोज २, २०७६ बिहिबार १५:५१:२७
२ असोज, राँझा । बुधबार दिनभरको अविरल वर्षाले बाँकेको खजुरा गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् । अविरल वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढेपछि खजुरा गाउँपालिका वडा नं ६ र ७ का सयौँ घर डुबानमा परेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार, बाढीले खजुरा क्षेत्रका मात्र १७२ घर डुबाएको अहिलेसम्म रिपोर्ट प्राप्त भएको छ । यो सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । खजुरा गाउँपालिकाको वडा नं ६ र ७ मा पर्ने उढरापुर र सोनपुरका बासिन्दा डुबानबाट बढी मात्रामा प्रभावित भएका छन् ।
उक्त क्षेत्रका डुबानपीडित स्थानीयवासी सामुदायिक विद्यालयको भवनमा आश्रय लिएका छन् । आधारभूत विद्यालय सिन्दुरीमा १०० जति र जनसेवा माध्यमिक विद्यालयमा ८-१० विस्थापित परिवारले आश्रय लिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका अधिकृत झबी शर्माले जानकारी दिए ।
शर्माका अनुसार, वर्षा नरोकिएको हुँदा विस्थापित परिवार सुरक्षित स्थानतर्फ जान सकेका छैनन् । विस्थापित हुनेको सङ्ख्या अझै बढ्न सक्छ । वर्षाका कारण बुधबार दिनभर त्यस क्षेत्रको यातायातसमेत प्रभावित भयो । डुबानपीडितको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मी दिनभर खटिएका थिए ।
बाँकेका प्रहरी उपरीक्षक वलीले अविरल वर्षाले खजुरा क्षेत्रमा सबैभन्दा बढी डुबान गरेको हुँदा त्यस क्षेत्रमा उद्धार कार्यका लागि प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एकमाया विकले डुबानपीडितको उद्धार तथा राहतमा जनप्रतिनिधि र कर्मचारी खटिएको बताए । आजसम्ममा पीडितहरुको यकिन विवरण सङ्कलन हुने उनले जानकारी दिए ।
खजुरा गाउँपालिका वडा नं ३ मा पर्ने पेडारी नालामा बाढी आउँदा सवारी आवागमनमा समस्या भएको छ । पेडारी नालामा रहेको पुलभन्दा माथिबाट पानी बगेका कारण नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा सवारी आवागमनमा कठिनाइ भएको छ ।
बुधबारको वर्षाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको न्यूरोड, घरबारीटोल, गणेशपुर क्षेत्र डुबानमा छ । यसैगरी जानकी गाउँपालिकाको साइगाउँ, बेलभारलगायतका क्षेत्रसमेत डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए।
नेपालगञ्ज आएको विमान धनगढी पुग्यो
काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण बुधबार राति नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ ।
काठमाडौँबाट ६४ यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको उडान नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिए ।
उनका अनुसार, केहीबेर आकाशमै उडेर अवतरणको प्रतीक्षा गरिए पनि मौसममा सुधार आउने सङ्केत नदेखिएपछि नेपालगञ्जदेखि करीब २०० किलोमिटर टाढा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विमानस्थलमा पुगेर विमान अवतरण भएको छ । उक्त विमान अब आज बिहान धनगढीबाट यात्रु लिएर नेपालगञ्ज आउने शाहले जानकारी दिए ।
कुलेखानी–फाखेल सडकको यातायात सञ्चालन
हेटौँडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा खसेको ठूला–ठूला ढुङ्गा हटाई आज बिहान ७ः३० बजेदेखि हेटौँडा–काठमाडौंको यातायात सेवा सञ्चालनमा ल्याइएको फाखेल प्रहरी चौकीले जनाएको छ ।
उक्त सडकमा हिजो करीब ९ः०० बजे राति पनि सुक्खा पहिरो गई यातायात सेवा अवरुद्ध भएको थियो । स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा फाखेलका प्रहरी टोलीले त्यसतर्फ गई राति करीब ११ः३० बजे पहिरो हटाएको फाखेल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भरतकुमार कुल्मीले जानकारी दिए।
सल्ले सडकखण्ड काठमाडौँसँग जोडिएको मकवानपुरको दुई किलोमिटरभित्र पर्दछ । आज बिहान चाँडै काडमाडौँबाट आएका टाटासुमो यातायात उक्त ढुङ्गा खसी अवरोध भएको ठाउँमा घण्टौ कुर्नुपरेको स्थानीयवासी रामबहादुर थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार