१७ माघ २०७९, मंगलवार
सडक/यातायात

ठूला ढुङ्गा हटाईपछि कुलेखानी–फाखेल सडकको यातायात सञ्चालन

प्रकाशित मिति :  २ आश्विन २०७६, बिहीबार १०:३७


कुलेखानी–फाखेल सडक

२ असोज, हेटौँडा । हेटौँडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा खसेको ठूला–ठूला ढुङ्गा हटाई आज बिहान ७ः३० बजेदेखि हेटौँडा–काठमाडाँैको यातायात सेवा सञ्चालनमा ल्याइएको फाखेल प्रहरी चौकीले जनाएको छ ।

उक्त सडकमा हिजो करीब ९ः०० बजे राति पनि सुक्खा पहिरो गई यातायात सेवा अवरुद्ध भएको थियो । स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा फाखेलका प्रहरी टोलीले त्यसतर्फ गई राति करीब ११ः३० बजे पहिरो हटाएको फाखेल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भरतकुमार कुल्मीले जानकारी दिए ।

सल्ले सडकखण्ड काठमाडौँसँग जोडिएको मकवानपुरको दुई किलोमिटरभित्र पर्दछ । आज बिहान चाँडै काडमाडौँबाट आएका टाटासुमो यातायात उक्त ढुङ्गा खसी अवरोध भएको ठाउँमा घण्टौ कुर्नुपरेको स्थानीयवासी रामबहादुर थापाले जानकारी दिए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा





बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता