१७ माघ २०७९, मंगलवार
सडक/यातायात

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित

प्रकाशित मिति :  २ आश्विन २०७६, बिहीबार १३:१८


त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान–अवतरण नियमित

२ असोज, काठमाडौं । दूरी मापन गर्ने उपकरण ‘डीएमई’ तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज ‘भीओआर’ मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।

विमानस्थलमा केही प्राविधिक समस्या आएको र त्यसबारे बुझ्ने काम भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए । उनका अनुसार भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो । १२ः२० मा यसको मर्मत सकिएको छ ।

७ वटा अन्तरराष्ट्रिय जहाजहरु अवतरणको पखाईमा आकासमा होल्ड भइरहेका छन् । यी उपकरणले विमानस्थल र जहाजबीचको दूरी र जहाज रहेको दिशा पत्ता लगाउँछन् ।

भीओआररडीएमआईको रेडियो स्टेशनले फालेको सिग्नललाई पिछा गर्दै जहाजहरु विमानस्थलमा अवतरण गर्छन् । आन्तरिक उडान भने सामान्य छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा







बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता