संविधान दिवस : गीत सङ्गीतमय
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ३, २०७६ शुक्रबार १२:१५:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/sambidhan-diwash-1024x751-e1568917974411_jBGjZbOtKM.jpg)
नारायण ढुङ्गाना /रासस
३ असोज काठमाडौं । संविधान दिवसको सन्दर्भमा सुरिलो स्वरकी धनी वरिष्ठ गायिका ज्ञानु राणाले सरस्वती बन्दनासँगै ‘कसैले बुझेन मेरो मनको बहलाई’ भन्ने गीत पस्किँदा राष्ट्रिय नाचघरको दर्शकदिर्घामा उपस्थित दर्शक लठ्डै भए ।
उमेर ढल्किँदै जाँदा पनि उनको १६ वर्षे जवानीको झैँ स्वरले सबै लट्ठ परे । उनको ऊ बेलाको स्वर र अहिलेको स्वरमा खासै फरक मानेनन् दर्शकले ।
उनसँगै अर्का वरिष्ठ गायक थिए प्रेमध्वज प्रधान । पहिलेपहिले रेडियो नेपालमा खुबै सुनिने उनको स्वर नचिन्ने कमै श्रोता होलान् ।
सांस्कृतिक संस्थानले संविधान दिवसको अबसरमा बुधबार आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा प्रधान पनि गति गाउन तम्सिए । उनले २०१९ सालमा आफैँले गाएको पहिलो गीत प्रस्तुत गरे ।
मायाँ नमार मायालु, मायाँ नमार मायालु
दिल नतोड मायालु,
हो.हो.हो……
तिम्रो र हाम्रो दिल मिल्यो राम्रो
साथ नछोडा मायालु
वरिष्ठ कलाकार ज्ञानु राणा र प्रेमध्वज प्रधानको मौलिक र लोकभाकामा गीत सुन्दा संस्कृति पर्यटन तथा नागरक उड्डयनमन्त्री गोगेश भट्टराईसहित वरिष्ठ कलाकार मन्त्रमुग्ध भए । उनीहरुले गीतको खुलेरै प्रशंसा पनि गरे ।
सांस्कृति संस्थानले दुवै वरिष्ठ गायकलाई सम्मान गरिएको कार्यक्रममा कलाकारले विभिन्न क्षेत्रका मौलिक वेषभूषासहित गति र नृत्य प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिएका थिए ।
उनीहरुले संविधानसम्बन्धी र पर्यटन वर्षसम्बन्धीका गीत पनि गाउन भ्याए । योसँगै विभिन्न ठाउँका जातजातिका मौकिल गीत र नृत्यले उक्त समारोह उत्कृष्ट बनेको थियो ।
कोटी कोटी नेपालीको ढुकढुकी र प्राण
लोकतान्त्रिक अग्रगामी हाम्रो संविधान
संविधान, संविधान… हाम्रा संविधान,
विसं २०७२ मा बनेको संविधानको विषयमा कलाकारले सुन्दर शब्द उनेर गीत पस्किँदा दर्शकहरु प्रफुल्लित भए । कलाकारले नेपाल भ्रमण वर्ष सन् २०२० पनि गीतबाटै सम्झिए ।
हाम्रो देश सुन्दर छ, अझै सुन्दर पारौँ
समृद्ध नेपालको पाइला अघि सारौँ
घुम्न आउने पर्यटकलाई हाम्रो छ सम्मान
नेपाल भ्रमण वर्षको साझा आह्वान
राष्ट्रिय नाचघरले संविधान दिवसको अवसरमा तीन दिन नै विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । सोही क्रममा नाचघर हरेक बेलुकी साङ््गीतिक साँझ बनिरहेको छ ।
यहाँ झण्डै दुई घण्टाको अवधि कलाकारले छाड्नै नहुने गरी दर्शकलाई बाँधे । समूहगत रुपमा कलाकारले गीत सङ्गीत प्रस्तुत गरेका थिए ।
मौलिक पोशाकमा सजिएर कलाकारले सुदूरपश्चिमको हुड्केली, थारुको सखिया, काठमाडौँको धिमे, राई समुदायको साकेला नृत्य देखाउँदा दर्शकको राम्रो ताली पायो । उनीहरु मोकिल पोषाकमा सजिएर प्रस्तुत भएका थिए ।
साकेला सिकी नाचौँ है
पुर्वको रीति राखौँ है
ए, हो..इ दाजै, पुर्वको रीति राखौँ है
हा..हा, हुर्र..हा..हा..
सोई ढोले सोई… अर्काे ढोले खोई …
सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्माले संविधान दिवसलाई नै केन्द्रित गरेर सबै क्षेत्रको पहिचान हुने गरी सांस्कृतिक कार्यक्रम गरिएको बताए । यस्ता कार्यक्रमले मुलुकको समृद्धिमा सहयोग मिल्ने मन्त्री भट्टराईको प्रतिक्रिया थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजकुमार नकर्मीको मृत्युले पार्टीमा अपुरणीय क्षतिः कांग्रेस
साउन ११, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त
साउन १०, २०८१ बिहिबार
नर्सरी व्यवसायमा धामी परिवारका तीन दशक
साउन १०, २०८१ बिहिबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
विद्युत् बक्यौता नतिर्ने एक हजार ग्राहकको लाइन काटियो
साउन १२, २०८१ शनिबार
इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी
साउन १२, २०८१ शनिबार
गण्डकीमा १२ दिन मात्रै बस्न थाले विदेशी पर्यटक
साउन १२, २०८१ शनिबार
साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली
साउन १२, २०८१ शनिबार
द्रुत मार्गमा पट्यार लाग्दो काम, ३ सय ९४ रोपनी जग्गा अधिग्रहणमै रोकियो नेपाली सेना
साउन १२, २०८१ शनिबार
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा मुलुकबाट ३१ अर्ब बाहिरियो
साउन १२, २०८१ शनिबार