३ असोज, काठमाडौं । आज मुलुकभर संविधान दिवस मनाइँदै छ । ०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवसको रुपमा मनाइन्छ ।
दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा तीनै सुरक्षा निकाय र विभिन्न संघ संस्थाहरुले जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरेका छन् ।