३ असाेज, काठमाडाैं । मुलुकले संविधान निर्माण गरेको ५ औं वार्षिकउत्सव मनाउँदै गर्दा पशुपतिनाथको मुल ढोकामा बम विष्फोट भएको छ । तथापी मन्दिरको पश्चिमतर्फ रहेको धारा छेउमा केही शंकास्पद वस्तु देखेपछि दैनिक सरसफाइमा खटिने एक व्यक्तिले देखेर नेपाली सेनालाई खबर भएको र सेनाको टोलिले डिस्पोजल गर्ने क्रममा ठूलो आवाज आएको एक प्रत्यक्षदर्शीले नेपालबहसलाई जानकारी दिए ।
घटनाका बारेमा थप जानकारी दिँदै काठमाडौं एसपी अशोक सिंहले भने :- बम बिष्फोट भएको जानकारी आएको छैन तर शंकास्पद वस्तु भेटिएको र त्यसबारे सेनाको बम डिस्पोजल टोलीले थप अनुसन्धान अगाडि बढाएको छ । बम हो वा अन्य कुनै वस्तु हो भन्नेबारे आधिकारीक पुष्टी हुन बाँकी रहेको उनले बताए ।
विष्फोटनको ठुलो आवज सुनिएका कारण त्यस क्षेत्रमा त्रास बढेको छ । यता सरकारले संविधान निर्माणको चार वर्ष पुरा भएको र कार्यान्वयनको चरणमा रहेको संविधानलाई सबैले आत्मासाथ गर्दै घरघरमा दीपावली गर्न उर्दी जारी गरेको छ तर असन्तुष्ट बनेका शक्तिहरुले कालो दिन भन्दै विरोध जारी राख्नु र विश्वका सबै हिन्दूहरुको एकमात्र आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको मुलद्वारमा नै भएको यस घटनालाई संयोगमात्र मान्ने कि ? या कुनै राजनीतिक अनिष्टकाे संकेत ?
यसैबीच, संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको सङ्कल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रुपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिएका छन् ।
यस अवसरमा कोषले बिहीबार बेलुकी पशुपति मन्दिर परिसरमा भक्ति सङ्गीत कार्यक्रम आयोजना गर्नुका साथै दीपावली समेत गरेको थियो । कार्यक्रममा कोषका सदस्य–सचिव डा.प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कर्मचारी सहभागी भएका थिए । यस अवसरमा आज साँझ र भाेली साँझ पशुपति क्षेत्रमा दीपावली गरिने काेषले जनाइएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको ६९औँ जन्मोत्सवमा पशुपतिमा विशेष पूजा
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको ६९औँ जन्मोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । रुद्राभिषेकसहितको विशेष पूजा बिहान साढे नौ बजेपछि गरिएको थियो । मोदीको दीर्घायु, दीर्घ सुशासन र स्वच्छ भारतको लक्ष्यसहित निरन्तर अघि बढोस् भन्ने सङ्कल्पले आज विशेष पूजा गरिएको पशुपतिनाथका मूल अर्चक रावल गणेश भट्टले जानकारी दिएका छन् । पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न भारतीय जनता पार्टी (भाजपा) का नेता सञ्जीव शुक्लाको नेतृत्वमा कमलेश तिवारी, उमेश गुप्ता, राकेश तिवारी, लालता साहू, डा शिवमोहन गुप्तासहितको समूह काठमाडौं आएको थियाे ।
सन् १९५० सेप्टेम्बर १७ तारिखका दिन जन्मिएका भारतीय प्रधानमन्त्री मोदी ६९ वर्ष पूरा भई यसै हप्ता ७० वर्ष प्रवेश गरेका छन् । दोस्रोपटक मोदी भारतको प्रधानमन्त्री भएको १०० दिन पूरा भएको अवसरसमेत पारेर विशेष पूजा गरिएको भारतीय समूहका नेता शुक्लले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषको रसिद काटी मोदीका तर्फबाट मूल भट्टले विशेष पूजा गरेका हुन् । विशेष पूजापछि पशुपति प्राङ्गणमा नेपाल–भारत मित्रताको कामना गरिएको थियो । भारतबाट आएको समूहले पशुपतिनाथको प्रसाद प्रधानमन्त्री मोदीलाई लैजाने समूह प्रमुख शुक्लले बताए ।