नेपालले माल्दिभ्ससँग बराबरी खेल्यो
नेपालबहस संवाददाता
असोज ४, २०७६ शनिबार १२:४१:१२
४ असोज, काठमाडौं । तेस्रो संस्करणको साफ यु–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत भएको उद्घाटन खेलमा साविक विजेता नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लियो । खेलको १४औँ मिनेटमा माल्दिभ्सले गोल गर्दै शुरुआती अग्रता बनाएको थियो । नेपालका रोशन दोङले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए ।
माल्दिम्सले खेलको पहिलो हाफसम्म एक शून्यले अग्रता लिएको थियो । तर खेलको दोस्रो हाफमा नेपालका मनिष डाँगीले बराबरी गोल फर्काए ।
मनिषले खेलको ७६औँ मिनेटमा हेड गोल गर्दै नेपाललाई हारबाट जोगाए । उनले बृजेश चौधरीको पासलाई सदुपयोग गर्दैै गोल गरेका थिए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले एक अङ्क जोडेको छ ।
त्यस्तै माल्दिभ्सको पनि समान एक अङ्क नै भएको छ । अब दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा भारत, श्रीलङ्का र बङ्गलादेश रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार