१३ माघ २०७९, शुक्रबार
समाज

मौसममा पूर्ण रुपमा सफा हुन अझै केही दिन लाग्ने

प्रकाशित मिति :  ४ आश्विन २०७६, शनिबार ०८:५६


देशभर मनसुनी वायु सक्रिय, मध्यम वर्षाको सम्भावना

४ असोज, काठमाडौं । मौसममा केही सुधार आएको भए पनि पूर्ण रुपमा सफा हुन भने अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ ।

देशका अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली भएको जनाइएको छ । शनिबार दिनभर देशभरि आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

यस्तै राति देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

पश्चिमी क्षेत्रमा भू–भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशका मध्य र पूर्वी तराईमा सामान्य देखि पूर्ण बदली रहेको छ भने देशका अन्य भू्-भागमा आंशिक देखि सामान्य बदलि रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

असोज ०४ गते (शनिबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती:  देशका मध्य र पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।

असोज ०५ गते (आईतबार)

दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती:  देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज ०६ गते (सोमबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती:  देशभरी सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका मध्य र पूर्वी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेकोले पहाडि भु-भागमा पहिरो जान सक्ने तथा  नदिहरुमा  पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा