तीन करोड लागतमा बन्यो लोकमार्गमा पुल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ५, २०७६ आइतबार ११:५५:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/Capture-230-e1569083382556_UcpadnFb0s.jpg)
५ असोज, गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।
बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी साधन तथा पैदलयात्रुलाई सहज भएको छ ।
बर्खाका निकै ठूलो खोला बग्ने खहरेखोलामा सवारी साधन आउजाउ गर्नका लागि निकै समस्या भएका कारण १८ महीना अगाडि पुल निर्माण थालिएको मध्यपहाडी लोकमार्गले जनाएको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्डमा निर्माण भएका आधा दर्जन पुलमध्ये अन्तिम पुल खहरेखोलामा निर्माण गरिएको आयोजनाका कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए ।
पुल निर्माण अगाडि बर्खाको समयमा खोलाबाट निकै जोखिम मोलेर सवारी साधन तथा पैदलयात्रु आवतजावत गर्दै आएका थिए । पुल निर्माणसँगै सवारी साधन तथा पैदलयात्रुहरूलाई एकैसाथ सहज भएको स्थानीयवासीले बताएका छन् ।
खहरेखोलामा झुलुङ्गे पुलसमेत नहुँदा पैदलयात्रीलाई खोला तर्नुपर्ने बाध्यता नै रहेको थियो । १८ महीनामा सक्ने गरी जयबाबा÷ओखलढुङ्गाा÷बिएमए निर्माण सेवाले ठेक्कामार्फत पुल निर्माण गरेको हो । समयमै मोटरेबल पुल निर्माण नहुँदा यात्रुहरूले समस्या भोगिरहेको सन्दर्भमा खहरेखोला मोटरेबल पुल भने समयअवधि भित्रै सकिएको छ ।
२० मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको उक्त पुल रु दुई करोड ८९ लाखमा निर्माण गरिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि बिमलेश आचार्यले बताए ।
“लोकमार्गले निर्माण गरेको पुलको डिजाइनमा समस्या नभएको भए १० महीनामै सकिन्थ्यो”, आचार्यले भने, “पुरस्कारको छनोटमा परेको पुल डिजाइन सच्च्याउँदा समयअवधिभित्र मात्र निर्माण गर्न सकियो ।” पछिल्लो समय मध्यपहाडी पुष्पलाल लोकमार्गले गति लिन थालेको छ ।
आगामी असारसम्म लोकमार्गको बागलुङ खण्ड कालोपत्र गर्नेगरी काम अगाडि बढेको लाकमार्ग आयोजनाले जनाएको छ । अहिले खहरेखोला नजिकैको चट्टान कटानका लागि लोकमार्गको बागलुङ खण्ड दैनिक आठ घण्टा बन्द गरिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
साउन १२, २०८१ शनिबार
अभिलेख नहुँदा नागरिकताबाट वञ्चित
साउन १२, २०८१ शनिबार
चितवनमा ५१ जनामा डेंगु सङ्क्रमण
साउन १२, २०८१ शनिबार
विश्वभर २३३ करोड मानिसले नियमित पर्याप्त खाना पाउँदैन
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक २०२४ को भव्य उद्घाटन (तस्बिरहरू)
साउन १२, २०८१ शनिबार