२६ माघ २०७९, बिहीबार

गुगल इमेजेजको आविष्कार गराउने लुगा फेरि प्रयोगमा

प्रकाशित मिति :  ५ आश्विन २०७६, आईतवार ०९:१९


गुगल इमेजेजको आविष्कार गराउने लुगा फेरि प्रयोगमा

५ असोज, एजेन्सी । अमेरिकी गायिका जेनिफर लोपेजले आफ्नो परिचयको रूपमा स्थापित भएको हरियो रङ्गको भर्साचे ब्रान्डको लुगा पुन: प्रयोगमा ल्याएकी छन्।

त्यही लुगाका तस्बिरबाट गुगल इमेजेजको थालनी भएको थियो। पचास वर्षीया लोपेजले पहिलो पटक उक्त लामो हरियो रङ्गको गाउन सन् २००० को फेब्रुअरी महिनामा भएको ग्रामी अवार्ड्समा लगाएकी थिइन्।

गुगलका पूर्वकार्यकारी अधिकृत एरिक श्मिटले पछि लोपेजको उक्त तस्बिरको खोजी गुगलमा धेरै भएपछि गुगल इमेजेज थाल्न प्रेरित भएको खुसाला गरे।

भर्साचे ब्रान्डकै आधुनिक ढाँचा दिइएको उक्त लुगा लगाएको भिडिओ सामग्रीलाई सामाजिक सञ्जालमा २० लाख पटक भन्दा बढी हेरिएको छ। जेनिफरले भर्खरै ‘भर्साचे स्प्रिङ २०२०’ नामक प्रदर्शनी इटालीको मिलानमा सकेकी छन्।

त्यहाँ उनले सन् २००० को ग्रामीमा लगाएको हरियो रङ्गको लुगाको पुनर्कल्पना गरिएको लुगा लगाएकी थिइन्। इटालीको मिलानमा भएको फ्याशन सप्ताहको शुक्रवारको प्रदर्शनीमा लोपेज र उनले सन् २००० मा लगाएको लुगा दुवैको प्रशंसा गरिएको थियो।

भग म्यागजीनका अनुसार उक्त कार्यक्रममा केही मोडलहरूले लोपेजको सन् २००१ को ‘लभ डन्ट कस्ट अ थिङ्ग’ बोलको गीतमा र्‍याम्पमा हिँडेका थिए।

त्यसअघि ग्रामी अवार्डस‍्मा लोपेजले करिब दुई दशकअघि लगाएकै लुगा गुगलमा खोजी गरिएको तस्बिर देखाइएको थियो।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा