६ असोज, काठमाडौं । मौसममा केही सुधार आउँदै गए पनि पूर्ण रुपमा सफा भने हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।
सोमबार दिनभरि देशभरि आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
देशभर समग्र मौसमको अवस्था :
हाल देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।
असोज ०६ गते (सोमबार)दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असोज ०७ गते (मंगलबार)
दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागमा सामान्य बदलि रहनेछ। पूर्वी र मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमका १/२ स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज ०८ गते (बुधबार)
दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडि भु-भागमा पहिरो जान सक्ने तथा साना र मझौला नदिहरुमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |