६ असोज काठमाडौं । राजधानीबाट सोमबार प्रकाशित पत्रपत्रिकाले फरक फरक विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकले ‘रातभर लाम तर टिकट पाइएन’ शीर्षकमा प्रमुख समामाचार बनाएको छ । समाचार अनुसार दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिएको छ ।
टिकट मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन् । टिकट बुकिङका लागि यातायात व्यवस्था विभाग, व्यवसायी र ट्राफिक प्रहरीबिच समन्वय भएको छ ।
आइतबार अग्रिम टिकट खुल्लासँगै लाइनमा बसेका गोंगबु, कोटेश्वर,गौशाला, बल्खुलगायतका टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका यात्रुले साँझ ६ बजेसम्म पनि टिकट पाउन नसकेको समाचारमा उल्लेख छ । यसैगरी पत्रिकाले नेकपाका २९ मेयरहरु चीनमा पढिइरहेको खबरलाई समेत प्रमुख समाचार बनाएको छ ।
कारोबार दैनिकमा प्रधानमन्त्रीले बाँडे १२ करोड शीर्षकमा मुख्य समाचार बनाइएको छ । समाचारमा प्रधानमन्त्री केपी ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको समयमा २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको उल्लेख छ ।
तत्कालीन पर्यटन मन्त्री रविन्द्र भट्टराईको फागुन दोस्रो साता निधन भएपछि प्रधानमन्त्रीले मन्त्रालय आफैंले सम्हालेका थिए । मन्त्रालयमा राज्यमन्त्री रहेपनि उनलाई अधिकार प्रत्यायोजन नगरिएको पत्रिकाले लेखेको छ ।
गोरखापत्र दैनिकमा ‘सवर्मान्य बनाउन संविधान संशोधन आवश्यक’ शीर्षकमा प्रमुख समाचार छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनमा देखिएको असन्तुष्टिको व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक रहेको बताएका हुन् ।
सुनसरीको रामधुनीमा आयोजित एक कार्यक्रममा दाहालले देशका सबै जातजाति तथा भाषाभाषीले जनयुद्ध र जनआन्दोलनमा योगदान गरेकाले उनीहरुको योगदानको कदर गर्न र संविधानलाई सर्वमान्य बनाउन संशोधन आवश्यक रहेको बताएको समाचारमा उल्लेख छ ।