६ असोज काठमाडौं। दशैलाई लक्षित गर्दै सरकार र यातायात व्यवसायीको समन्वयमा आइतबारबाट अग्रिम टिकट बुकिङ खुला भएको छ ।
अग्रिम टिकट खुल्ने अघिल्लो दिननै टिकट काट्ने स्थान नयाँ बसपार्क, गौशाला,चावहिल, पूरानो बसपार्क, कोटेश्वर, कलंकी, सुन्धारा लगायतका स्थानमा मध्यरातनै यात्रु लाइनमा बसेको यातायता विभागले जनाएको छ ।
बस सेवा डट कममार्फत बसको टिकट अनलाइनबाट काट्ने व्यवस्था भएपनि यात्रु भने टिकटका लागी घण्टौं लाइनमा बसे। औपचारिक रुपमा बस सेवाले पनि आइतबारदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ।
४४ सय यात्रुले अनलाईनमार्फत टिकट बुकिङ गरेको बस सेवाका संस्थापक पर्शुराम खनालले जानकारी दिए। उनका अनुसार बस सेवासँग ६ हजार सीट दैनिक रुपमा उपलब्ध हुनेछन्।
दाङमा राप्ती यातायात प्राली,बुटवलमा पश्चिम नेपाल बस व्यवसायी, पूर्वमा मकालु, मेट्रो, पोखराका लागि जगदम्बा यातायात, साझा यातायात लगायत मुलुकका मूख्य गन्तव्यका लागि टिकट काट्न सकिन्छ। नेपाल बाहिरका लागि मन्जुश्री यातायातसँग समन्वय गरिएको छ। बस सेवाले १ सय १० वटा कम्पनीसँग समन्वय गरेर सेवा दिएको उनले बताए।
कम्पनीका अनुसार गत बर्ष मात्रै ७ देखि ८ सय दैनिक सीटहरु उपलब्ध थिए। तर अहिले व्यवसायीहरु र यात्रु दुवै उत्साहित भएपछि बस सेवासँग ६ हजार सिट दैनिक ६ हजार उपलब्ध छ। बस सेवा मार्फत टिकट बुकिङ गर्दा इसेवा, आईएमई, प्रभु, लगायतका पेमेन्ट वे र सबै बैकको इन्टरनेट बैकिङ मार्फत पेमेन्ट गर्न सकिने खनालले बताए।