१७ माघ २०७९, मंगलवार
सडक/यातायात

तातोपानी नाका बन्द भएपछि मालवाहक कन्टेनर भ्यानहरू अलपत्र !

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार ०७:२५


तातोपानी नाकाबाट भित्रिए १९ बाकस मास्क र १० बाकस स्यानिटाइजर

७ असोज, चौतारा । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।

सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ÷दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए । सो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरू पनि सडक बन्द भएपछि केरुङतर्पm फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए ।

यस नाकाबाट भूकम्पपछि यस पालाको बडादशैँका लागि करीब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सात÷आठ टोली तिब्बत गइसकेकाले अबको तीन÷चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरूले बताएका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा