१३ माघ २०७९, शुक्रबार

राष्ट्रकवि माधव घिमिरे १०१ वर्षमा

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार ०८:१३


राष्ट्रकवि माधव घिमिरे १०१ वर्षमा

७ असोज, काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको १०१ औँ जन्मोत्सव मंगलबार मनाईँदै छ । राष्ट्रकवि घिमिरेले उमेरको शताब्दी पार गरेका छन् ।

विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।

राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा सोमबार ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो ।

राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरे ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता