दर्जनौं उजुरी अख्तियार मौन
नेपालबहस संवाददाता
असोज ७, २०७६ मंगलबार १५:५:५१
७ असोज, काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
नागरिक दैनिकमा ‘दर्जनौं उजुरी अख्तियार मौन’ शीर्षकमा समाचार छापिएको छ । जस अनुसार २०५८ सालदेखि नै पर्न थालेका कतिपय उजुरीमा प्रमाणसमेत समावेश गरिएको भएपनि सुरुदेखि नै अख्तियार ललितानिवास जग्गा प्रकरणमा मौन रहेको पाइएको उल्लेख छ ।
समाचार अनुसार ललितानिवासको २ सय ९९ रोपनी जग्गा व्यक्तिले हडपेकोमा लामो समयदेखि मौन रहेको अख्तियार अन्य विभिन्न उजुरीहरुमा पनि मौन रहेको समाचारमा उल्लेख छ ।
यसैगरी पत्रिकाले राजधानीमा जारी नेपाल चीन संयुक्त विचार गोष्ठीबारेको समाचारलाई पनि मुख्य स्थान दिएको छ । समाचारमा प्रधानमन्त्री केपी ओलीले ‘चिनियाँ समाजवाद प्रेरणा’ रहेको बताएको उल्लेख गरे ।
गोरखापत्र दैनिकमा ‘चीन नेपालको विकास साझेदार’ शीर्षकमा प्रमुख समाचार छापिएको छ । प्रधानमन्त्री केपी ओलीले नेपाल -चीन सम्बन्ध स्वार्थ र लेनदेनभन्दा धेरै माथि रहेको उल्लेख गर्दै नेपालले चीनसँग विकास साझेदारी गर्न चाहेको बताए । सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल -चीन सम्बन्ध समस्यारहित रहेको प्रष्ट पारेका छन्।
पत्रिकामा उल्लेख भए अनुसार प्रधानमन्त्रीले नेपाल र चीन एक अर्का देशको सार्वभौमिकता र स्वतन्त्रतालाई सम्मान गर्दै अगाडि बढेको बताउँदै मित्रता खुला, स्वतन्त्र र अटल रहेको बताए ।
प्रधानमन्त्रीले बलियो भएर पनि चीनको नीति थिचोमिचो गर्ने नभएको र एकअर्कामा सहयोगको भावना रहेको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार