७ असोज, काठमाडौं । के तपाई यस पटकको बडा दशैमा घर जाने तयारीमा हुनुहुन्छ ? यातायात व्यवस्था विभागले भाडा पूरानै कायम गरिएको जनाएपनि डिलक्स र सुपरडिलक्सको लागि भने २० प्रतिशतले थप हुन सक्ने भएको छ ।
यात्रुलाई भाडादरमा द्विविधा नहोस् भनेर विभागको वेबसाईटमा समेत सुचना राखेको विभागले जनाएको छ । त्यसका साथै विभागले प्रचारप्रसार गर्न फ्लेक्स प्रिन्ट गरेर मुख्य मुख्य ठाउमा टाँस्ने भएको छ । तोकिएको भन्दा बढि भाडा लिनेलाई कानूनअनुसार कडा कारबाही हुने विभागले चेतावनी दिएको छ ।
दशै, तिहार, छठ, लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै हमालले दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनैपनि समस्या नपर्ने दाबी विभागको छ ।
यसपटक विभागका अनसार काठमाडौं बाहिर जाने कोहीपनि यात्रुले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने भएको छ । दशैंमा घर जाने यात्रुहरुको समस्यालाई ध्यानमा विभागले आफूहरुले १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको छ ।
यतिबेला चाडपर्वलाई लक्षित गरेर प्रदेश, स्थानीय सरकाले पनि आफ्नो तवरबाट यातायात क्षेत्रको व्यवस्थापन गरिरहेका छन् ।
सोमबार मात्रै नेपालगञ्जमा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र पाँच नम्बर प्रदेशबीच छलफल भएको छ । छलफलमा सबैले मिलेर यातायात व्यवस्थापन गर्ने कुरा भएको छ । त्यसो त दशैं लक्षित गरेर सरकारले असोज १० गतेभित्रै सबै खाल्डाखुल्डी पुरिसक्नेगरि काम गरिरहेको छ ।