नेपाल चेम्वर अफ कमर्सद्वारा ५ जनालाई छात्रवृत्ति प्रदान
नेपालबहस संवाददाता
असोज ७, २०७६ मंगलबार १८:५६:५८
७ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विभिन्न प्रदेशबाट एक/एक जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका मेहनती तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरि उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु रहेको चेम्बरले जनाएको छ ।
यो छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले ए.पि.यु.सँग आबद्ध एल.बि.इ.एफ.(लर्डबुद्ध) क्याम्पस मैतिदेबीमा ३ वर्षे बि.ए. बिजनेस म्यानेजमेन्ट स्नातक तह पढ्न पाउने भएका छन् ।
प्लस टु पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिएका थिए । यस योजनाबाट महिला विद्यार्थीहरुले ३ वर्षका लागि लाभ लिने भएका छन् । यस योजना अन्तर्गतका प्रमुख छात्रवृत्ति छात्राहरुको लागि छुट्याइएको छ । यो विषय अध्ययनका लागि छात्रवृत्तिमा परेका विद्यार्थीले ३ वर्षको अवधिभर रु.६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।
चेम्बर र एल.बि.इ.एफ.(लर्डबुद्ध) क्याम्पसबीच भएको समझदारीपत्र अनुसार गठीत छनौट समितिले छात्रवृत्ति छनौट गरेको थियो । छात्रवृत्तिमा परेका छात्राहरुमा अनु पौडेली, संखुवासभा प्रदेश न. १, मेनुका गुरुङ, इटहरी, प्रदेश न. १, सुप्रया ठाकुर, रौतहट प्रदेश २, अन्वेषा खड्का, दोलखा, प्रदेश न. ३, र कृटिना श्रेष्ठ, काठमाडौं, प्रदेश ३ परेका छन् ।
आगामी वर्षदेखि सबै प्रदेशको प्रतिनिधि हुने गरी छनौट गर्ने व्यवस्था गरिएको चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितीका अध्यक्ष श्री दिपक काजी तुलाधरले जनकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार