१३ माघ २०७९, शुक्रबार
सुरक्षा/अपराध

बालिका बलात्कारको आरोपमा १४ वर्ष कैद

प्रकाशित मिति :  ८ आश्विन २०७६, बुधबार ०७:२८


 ८ असोज स्याङ्जा । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ ।

विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु एक लाख क्षतिपूर्तिसमेत भराउने फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए ।

रानाले २०७५ भदौ २० गते बलात्कार गरेको भनी बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपित रानालाई प्रहरीले सोही दिन गिरफ्तार गरेर अनुुसन्धान प्रक्रिया अगाडि बढाएको र बालिकाको २०७५ भदौ २२ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा