९ असोज, काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको र नेपालको मध्य र पूर्वी क्षेत्रमा दक्षिणपूर्वी जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले मनसुनी गतिविधि बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभरि नै सामान्य बदली भइ पश्चिमका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । बाँकी क्षेत्रमा पनि पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
बिहीबार दिनभरि देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि छ ।
राति पनि देशभरि सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति एक–दुई स्थानमा ठूलो पानी पर्ने जनाइएको छ ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशभरी सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम खालको भइरहेको छ भने बाँकि भु-भागमा पनि बर्षा हुने संभाबना रहेको छ।
असोज ०९ गते (बिहिबार)
दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज १० गते (शुक्रबार)
दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य बदली रहनेछ। पुर्वका थोरै साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज ११ गते (शनिबार)
दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावनाको साथै देशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। पहाडि भु-भागमा पहिरो जान सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |