९ असोज, काठमाडौं । मौसम खराबीका कारण बिहीबार लुक्ला-काठमाडौं उडान गरेको सिम्रिक हेलिकोप्टर बनेपामा सुरक्षित अवतरण भएको छ।
काठमाडौं प्रवेश गर्ने क्रममा मौसम प्रतिकुल रहेका कारण हेलिकोप्टर बनेपामा पाँच मिनेटको लागि अवतरण गरिएको लुक्ला विमानस्थलका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए।
‘विहान ६:३५ मा यो हेलिकोप्टरले लुक्ला उडान गरेको थियो। यहाँबाट उडान गर्दा मौसम राम्रै थियो। कालिञ्चोकसम्म पुग्दा मौसम अनुकुल रहेको क्याप्टेनले बताएका थिए। तर काठमाडौं प्रवेशमा मौसम प्रतिकुल देखिएपछि बनेपामा सुरक्षित अवतरण गरिएको जानकारी आयो।’ लुक्ला विमानस्थल प्रमुख अधिकारीले भने।
कम्पनीका अनुसार ९ एन-अल्फा नोभेम्बर ब्राभो कलसाइनको हेलिकोप्टर विहान ७: ३५ मा बनेपामा सुरक्षित अवतरण गरेको थियो भने पौने आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो।