१७ माघ २०७९, मंगलवार

नविल बैंकका ड्राइभर, गार्डकै मासिक ५० हजार तलब

प्रकाशित मिति :  ९ आश्विन २०७६, बिहीबार १२:३२


नविल बैंकका ड्राइभर, गार्डकै मासिक ५० हजार तलब

९ असोज, काठमाडौं । नबिल बैंक निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा बढी नाफा कमाउने बैंक हो । नविल बैंकमा कार्यरत ड्राइभर, सेक्युरिटी गार्ड र कार्यालय सहयोगीकै तलब मासिक ५० हजार रुपैयाँ हुन्छ ।

नबिल बैंकमा मेसेन्जर तहका कर्मचारीको मासिक तलब र भत्ता गरेर ४६ हजार ४४७ रुपैयाँ हुन्छ । सिनियर मेसेन्जरको तलब ५० हजार २०३ रुपैयाँ हुन्छ । यस्तै ड्राइभरको तलब ४७ हजार ७४८ रुपैयाँ रहेको छ भने बरिष्ठ ड्राइभरको तलब ५१ हजार ५०० रुपैयाँ रहेको छ ।

बैंकले गत चैतदेखि कर्मचारीको तलब बढाएको थियो । जसमा तल्लो तहका कर्मचारीको तलब महिनाम ८ हजार २ सय रुपैयाँले बढेको थियो । त्योभन्दा माथिल्लो तहका कर्मचारीको तलब १० हजार २ सय र अफिसर तहका कर्मचारीको तलब १२ हजारको दरले बढेको थियो ।

बैंकमा कार्यरत सहायक कर्मचारीले मासिक ५२ हजार ३५२ रुपैयाँ बुझ्ने गर्छन् । बैंकले अहिले सेक्युरिटी गार्ड तथा अन्य खाले कार्यलय सहयोगी कर्मचारी भने आउटसोर्सिङ गरेको छ । जसले गर्दा एउटै ठाउँमा बसेर तलब खाने कर्मचारीको तलब आकाश जमिनको फरक हुने गरेको छ ।

यसका प्रमुख कार्यकारी अधिकृत अनिल शाह बढी तलब खाने सीइओको सूचिमा पर्छन् । अघिल्लो आर्थिक वर्ष नविल बैंकका सीइओ शाहले बैंकबाट तलब÷भत्ताबापत २ करोड ७ लाख रुपैयाँ लिएका थिए ।

नबिल बैंकले गतवर्ष कर्मचारीको तलबको लागि १ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेको थियो । कर्मचारीको बोनसको लागि ६७ करोड ७३ लाख रुपैयाँ बिनियोजन गरेको थियो । नबिल बैंकमा करिब १२ सय कर्मचारी काम गर्छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा