२६ माघ २०७९, बिहीबार
सुरक्षा/अपराध

चोरी पैठारी गरी लैजादै गरेको केराउ बरामद

प्रकाशित मिति :  ९ आश्विन २०७६, बिहीबार १४:२५


चाकरचौडाबाट १३ लाख २५ हजारको केराउ बरामद

९ असोज पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार साँझ नेपालबाट भारततर्फ भंसार छली गैरकानुनी तवरले चोरी पैठारी गरी लैजादै गरेको केराउ बरामद गरेको छ ।

गोप्य सुचनाका आधारमा नियन्त्रण गर्न पर्सा प्रहरी कार्यालय तथा प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको नियमित प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१६ रजतजयन्ती चौकबाट ७ पोका अं.१०० के .जी. केराउ नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

पक्राउ परेको १ सय किलो केराउ आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको पसो प्रहरील जानकारी दिएको छ ।

यस्तै अवैध घरेलु मदिरा वरामद बुधबार साँझ नै प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरी कार्यालय तथा प्र.चौ.मिलनचौक, पर्साबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जि।पर्सा वीरगंज म.न.पा ३२ मुसैलीबाट अं.५०० लिटर अबैध घरेलु मदिरा फेला पारेको हो ।

प्रहरीको गस्ती टोलीले फेला पारी वरामद गरेको मदिराको विषयमा आवश्यक कार्वाहीको अनुसन्धान भैइरहेको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा