१७ माघ २०७९, मंगलवार
फूटबल

पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप मौसमका कारण स्थगन

प्रकाशित मिति :  ९ आश्विन २०७६, बिहीबार १९:४८


एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित

९ असोज, भद्रपुर । झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा यही असोज ११ गतेदेखि हुने भनिएको पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप मौसम खराबका कारण स्थगन गरिएको छ ।

आज रङ्गशालामा पत्रकार सम्मेलन गरी आयोजक जायोन स्पोर्टस् क्लबले खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नुपरेको जानकारी दिएको हो । आयोजक क्लबका प्रवक्ता अविनाश राईले मैदानको अवलोकनपछि खेल प्राविधिकहरुको निचोड र मौसमविद्को पूर्वानुमानलाई मध्यनजर गरी खेल स्थगन गरिएको जानकारी दिए ।

उनले खेल सञ्चालनका लागि कात्तिक २ गतेदेखि ९ गतेसम्म अर्को मिति तय गरिएको बताए । उनका अनुसार अर्को मितिका लागि अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’लाई पत्राचार गरिएको छ ।

प्राविधिकहरुका अनुसार मैदानमा पानी जमेकाले खेल सञ्चालन गर्दा हिलो हुने, खेलाडी लड्न गई चोटपटक लाग्ने सम्भावना बढी भएकाले पनि खेल स्थगन गरिएको उनको भनाइ थियो । प्रतियोगिताको तयारी पूर्ण अवस्थामा भएर पनि खेल स्थगन गर्नुपर्दा दुःख लागेको उनले पत्रकारहरुलाई बताए ।

असोज ११ गतेदेखि १८ गतेसम्म हुने भनिएको गोल्डकपमा यसअघि चार वटा ए डिभिजन क्लब, मोफसलका दुई र भारतका दुई टिमले सहभागिता जनाउने खेल तालिका सार्वजनिक गरिएको थियो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा