१७ माघ २०७९, मंगलवार
समाचार

फान्सका पूर्वराष्ट्रपति सिराकको निधन

प्रकाशित मिति :  ९ आश्विन २०७६, बिहीबार २३:१६


९ असोज, एजेन्सी । फ्रान्सका पूर्वराष्ट्रपति ज्याक सिराकको बिहीबार निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनी ८६ वर्षको थिए

सिराक फ्रान्सको राजनीतिमा करीब तीन दशक निकै चर्चामा रहेका थिए । पेरिसको नगर प्रमुख, प्रधानमन्त्री हुँदै सन् १९९५ देखि सन् २००७ सम्म फ्रान्सको राष्ट्रप्रमुखका रूपमा उनले गरेका कामले उनलाई फ्रान्सेलीहरू एक कुशल राजनीतिज्ञका रूपमा चिन्ने गर्छन् ।

“राष्ट्रपति ज्याक सिराकको बिहान परिवारको काखमा स्वभाविक निधन भएको छ,” भूतपूर्व राष्ट्रपति सिराकका ज्वाँइ फ्रेडेरिक सलात बरोक्सले एएफपीलाई बताए ।

सिराकको समयमा फ्रान्सको पहलमा युरोपमा एकल मुद्रालाई प्रचलनमा ल्याइएको थियो । उनले अमेरिकाद्वारा सन् २००३ मा इराकमा गरेको आक्रमणलाई सशक्त विरोध गरेकोले वाशिङ्टनसँगको सम्बन्धमा समेत समस्या आएको थियो ।

एक राजनीतिक योद्धाका रूपमा फ्रान्सको राजनीतिमा छाएका सिराक सन् १९८१ र १९८८ को राष्ट्रपतीय निर्वाचनमा पराजित भए पनि सन् १९९५ मा एलिसी दरबारको नेतृत्व लिन सफल भएका थिए ।

भने सन् २००२ मा पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको निधनपछि फ्रान्सका राष्ट्रपति रिचार्डले सिराकलाई फ्रान्सको इतिहासका रूपमा स्मरण गरे ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा







बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता