नेपालीलाई दसैंमा घर फर्कन सास्ती
नेपालबहस संवाददाता
असोज १०, २०७६ शुक्रबार १५:७:१३
१० असोज, काठमाडौं । शुक्रबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरुले विभिन्न फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएका प्रकाशन गरेका छन् ।
आजकाे कारोबार दैनिकमा मलेसियामा १ लाखलाई रोजगारी शीर्षकमा प्रमुख समाचार छापिएको छ । समाचार अनुसार सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेकाहरूको संख्या १ लाखभन्दा बढी रहेको उल्लेख गरेको छ ।
मलेसियाको रोजगारी लामो समयसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमश बढ्दै गएर १ लाखभन्दा बढी भएको छ । अझ पहिलो पटक जाने नयाँ युवाको संख्या हेर्ने हो भने २ लाखको हाराहारीमा पुग्ने सरोकारवालाहरुले बताउने गरेको पनि पत्रिकामा लेखिएको छ ।
नागरिक दैनिकमा राष्ट्रिय गौरवका आयोजनामा भइरहेको आलटालबारे शीर्ष समाचार छापिएको छ । समाचारमा प्रधानमन्त्री केपी ओलीले काम नगर्ने मन्त्री फेर्ने चेतावनी दिनुभएको विषय समेत समेटिएको छ ।
प्रधानमन्त्रीले बिहीबार सिंहदरबारमा साउनयता विभिन्न मन्त्रालयबाट भएका कामको प्रगतिबारे जानकारी लिने क्रममा यस्तो बताउनुभएको हो । यसैगरी पत्रिकामा विद्यालय क्षेत्र विकास कार्यक्रममा लक्ष्य र संरचनामा मेल नखाएको समाचारलाई पनि प्रमुख समाचार बनाइएको छ ।
राजधानी दैनिकमा ‘नौ हजार कर्मचारीको नियुक्तिमा अन्यौल’ देखिएको समाचारले मुख्य स्थान पाएको छ। समाचारमा लेखिए अनुसार कर्मचारी व्यवस्थापनको कानुनी आधार तयार हुन नसक्दा ९ हजार बढी कर्मचारीको नियुक्तिमा अन्योलता देखिएको हो ।
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ कानुन बन्न नसक्दा स्थानीय तहका लागि आउँदै गरेका ९ हजार कर्मचारीको नियुक्ति प्रक्रिया अन्योलमा पर्ने देखिएको पत्रिकाले लेखेको छ ।
यस्तै, अष्ट्रेलियाबाट फर्किएका बैंक अफ काठमाडौंका कर्मचारी एयरपोर्टमै पक्राउ शिर्षकमा समाचार छापिएको छ ।बैंक अफ काठमाडौंको ठगी प्रकरणमा जोडिएको धितो मूल्यांकनकर्ता ‘भ्यालुएटर’ भेषराज खत्री पक्राउ परेका छन् ।
अष्ट्रेलियाबाट नोपल फर्कदै गरेका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै प्रहरी पक्राउ गरेको हो ।खत्रीलाई फरार अभियुक्त बनाई बुधबार मात्र उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो । उनी अष्ट्रेलियामा बस्दै आएका थिए । खत्री विदेशमा रहेको थाहा भएपछि प्रहरीले उनलाई अध्यागमनको ‘ब्लाक लिस्ट’मा राखेको शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
खत्रीले ठगी प्रकणको घटनामा आफू निर्दोष रहेकाले नै नेपाल फर्किएर वास्तविकता बताउन चाहेको प्रहरीसँग बताएका छन । त्यसमा ऋणिहरुले नै गलत गरेको उनको जिकिर थियो । केन्द्रीय अनुसन्धान व्युरो ९ सिआइबी० ले बैंक अफ काठमाण्डौंका पूर्व सिइयो अजय श्रेष्ठसहित १६ जनाविरुद्ध बैंकिङ कसुर विरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तै आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले नेपालीलाई दसैंमा घर फर्कन सास्ती शिर्षकमा समाचार लेखेका छन् ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडान नियमित नहुँदा भारतबाट फर्कने नेपाललीले सास्ती बेहोर्नुपरेको छ ।
उपचारका लागि दिल्ली आएका नेपालीसँगै दसैं, तिहार र छठसम्म बिदा मनाउन घर फर्कने तयारीमा रहेकाहरुमा चिन्ता बढेकोे छ । निगमले दिल्ली–काठमाडौं दुई उडान गर्दै आएको थियो ।
बिहान एयर बसको न्यारो बडी र साँझ एयरबसकै वाइड बडी सञ्चालनमा थियो तर निगमका दुईवटा वाइडबडी मध्ये कलसाइन नाइन एन एलवाई वाइड बडी ग्राउन्डेड भएपछि निगमको दैनिक उडान तालिका प्रभावित हुन थालेको हो ।निगमको न्यारो बडीको १५८ र वाइडको २७४ यात्रु बोक्ने क्षमता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार