१७ माघ २०७९, मंगलवार
सुरक्षा/अपराध

ज्ञानेन्द्र शाहीमाथि साङ्घातिक आक्रमण, थप उपचारका लागि काठमाडौं रिफर

प्रकाशित मिति :  ११ आश्विन २०७६, शनिबार २१:२०


ज्ञानेन्द्र शाहीमाथि साङ्घातिक आक्रमण, थप उपचारका लागि काठमाडौं रिफर

११ असोज, चितवन । गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि शनिबार साङ्घातिक आक्रमण भएको छ ।

भरतपुरको चौविसकोठीमा उनको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उनीमाथि आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घाइते शाही चितवन मेडिकल कलेजको उपचारपछि काठमाडौं आएका छन् । उनको अवस्था खतरामुक्त रहेको मल्लले जानकारी दिए । शाहीले काठमाडौंको अस्पतालमा उपचार गर्न चाहेको बताइएको छ । उनको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा समस्या भएको उनले बताए । आक्रमणमा घाइते भएका अन्य दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए ।

प्रहरी उपरीक्षक मल्लका अनुसार सो क्रममा आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको छ । उनीमाथि आक्रमण भएको खबर पाउनासाथ उद्धार गरिएको प्रहरी उपरीक्षक मल्लको भनाइ छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट युवाहरुले चौविसकोठीमा शाहीले सम्बोधन गर्ने गरी गर्न लागिएको कार्यक्रम बिथोलेका थिए ।

झडप हुन सक्ने भन्दै प्रहरीले पनि कार्यक्रम नगर्न आग्रह गरेको प्रहरी उपरीक्षक मल्लले बताए । शाहीमाथि कसले आक्रमण ग¥यो भन्ने विषयमा बुझ्ने काम भइरहेको उनले जानकारी दिए। सो क्रममा माइक्रोबस तोडफोड भएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा







बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता