अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य अन्धकार !
नेपालबहस संवाददाता
असोज १२, २०७६ आइतबार १५:२३:७
अञ्जना पराजुली / रासस
१२ असोज विराटनगर । ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् ।
अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको जीवनमा पर्ने दुःखबाट आँशु मात्र बग्छ, अनुहारमा हाँसो भने हुँदैन र पछुताउनुपर्छ भन्न थालेका छन अहिले उनीहरु ।
पढ्नेलेख्ने, हाँस्नेखेल्ने उमेरमा विवाह गरेको कारण आफूहरुलाई अहिले निकै पछुतो हुने गरेको मेनुका चौहानले बताए ।विराटनगर महानगरपालिका–१२ निवासी ३४ वर्षीया चौहान आफू कक्षा ९ मा पढ्दापढ्दै एक युवकसँग भेटघाट भयो । भेटघाट भएसँगै सम्बन्ध बलियो हुँदै जाँदा ती युवकसँग भागेर विवाह गरेको स्मरण गराए ।
आफू १६ वर्षकै उमेरमा भविष्यको चिन्ता नै नगरी गरिएको यो विवाह आफ्नो जीवनमा अभिशाप बन्यो उनले अतितलाई सम्झँदै भने । पछि गएर दुःख पाउँदा जीवनमा ठूलो भूल गरेको चेतना त भयो तर त्यसलाई सच्याउने बाटो नपाएको उनको कथन थियो ।
सोचेअनुसार वैवाहिक जीवन नचलेपछि कलहमा जीवन गुजार्नुभन्दा सम्बन्धविच्छेद गरेर एक्लो जीवन बिताउने निर्णय लिएसँगै उनले सम्बन्धविच्छेद गरिन् । हुनेखाने घरको छोरी भएर पनि अहिले कष्टकर जीवन बिताउनु पर्दा मलाई झन् पीडावोध हुन्छ उनी भन्छन् ।
हतारमा गरिएको यो विवाहले मेरो सर्वस्वहरण त भयो तर अब आउने दिनमा कसरी समस्याको सामना गर्ने झन् चुनौती थपिएको दुखेसो चौहानले गरे । उनले भने, “आफूले गरेको विवाहप्रति निकै पछुतो छ, यसकोे कारण आफ्नो पढाइ सबै बिग्रियो, केही काम छैन, बेरोजगार छु र विवाहको परिणाम भोग्दैछु ।”
यस्तै, विराटनगर महानगरपालिका निवासी २६ वर्षीया सीमा कार्कीले पनि बालविवाहको कारण आफ्नो भविष्य बर्बाद भएको सुनाए । घरका आमाबुबाले नै विवाह गरिदिएको उनको भनाइ छ । आफ्नो आमाबाबु र दाजुको जिद्धीबाट विवाह भएका कारण आफ्नोे रहर र सबै सपना चकनाचुर भएको उनको भनाइ छ ।
उनले आफ्नो हाँसखेल गर्ने उमेरमा घरपरिवार चलाउनुपर्ने, साना नानीहरुको हेरचाह गर्नुपर्ने, घर व्यवहार धानेर बस्नु परेकाले मनमा कहिले पनि सन्तुष्टि नआएको र चिन्ता मात्र लागिरहेको अनुभव सुनाए । आमाबुबाले आफूलाई बोझ सम्झेर छोरी पढाएर केही फाइदा नहुने भन्ने सोचका कारण आफ्नो विवाह गरिदिएको गुनासो कार्कीले गरे ।
त्यस्तै, कम उमेरमै विवाह गर्ने ममता पासवानको पारिवारिक स्थिति निकै कमजोर र नाजुक देखिएको छ । कक्षा ८ मा पढ्दा आफ्नो विवाह भएको उनी बताउछन् । परिवारको आर्थिक स्थिति कमजोर भएका कारण केटा पक्षले केही दाइजो नलिने भनेपछि घरपरिवारका सदस्यले विवाह गरिदिएका थिए ।
कम उमेरमा विवाह, एक वर्षपछि बच्चा जन्मियो, घरको झगडाले सीमा नाघेको र सधैँ श्रीमान्बाट कुटाइ खाइरहनुभन्दा एक्लै बस्ने मनस्थिति बनाएका कारण सम्बन्धविच्छेद !
उनी भन्छन्, “परिवारको मायाले विवाह गर्न बाध्य भएँ । आफ्नो पढाइलेखाइलाई बीचमै छाडे । विवाहपछि घरकै काममा व्यस्त हुने गरेको छु, पढ्ने सोच बनाए पनि घरको कामले फुर्सद हुँदैन ।”
विवाहपछि धेरै मानिसहरुको जीवन धरापमा परेको छ तर यहाँ केही प्रतिनिधिमूलक घटनाको मात्र प्रस्तुत गरिरहँदा सुष्मा शर्मा पनि यही कारणले दुःख पाएका छन् । आफू १४ वर्षकी हुँदा पे्रमविवाह गरेको र एक वर्षपछि छोरी जन्माएको उनले बताए।
शर्माले परिवारमा सधैँ झगडा हुने, गाली खानुपर्ने, सकिनसकी काम गर्नुपर्ने र कलह मात्र हुने यो परिवारबाट छुटकारा पाउन सम्बन्धविच्छेद गरेको जानकारी दिए ।
कलिलो उमेरमा विवाह भयो, एक वर्षपछि बच्चा जन्मियो, घरको झगडाले सीमा नाघेको र सधैँ श्रीमान्बाट कुटाइ खाइरहनुभन्दा एक्लै बस्ने मनस्थिति बनाएका कारण सम्बन्धविच्छेद गरेको शर्माको भनाइ छ । आफूसँगै पढ्ने साथीहरु शिक्षित भएको र केही जागिरमा पनि रहेकाले अहिले मैले पछुताउनुको विकल्प छैन, उनको भनाइ थियो । उनको वैवाहिक जीवन साह्रै पीडादायी बनेको र अहिले त्यही नानी लिएर माइतीमा बसेको बताए ।
विराटनगर महानगरपालिका–१२ मा मात्र यो तीन महीनामा १५ भन्दा बढी उमेर नै नपुगी विवाह दर्ताका लागि सिफारिश लिन आएको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिए । उनले २० वर्ष नपुगी गरिने विवाह बालविवाह हो । यस्तो विवाह गर्नु हुँदैन र २० वर्ष नपुगी विवाह दर्ता नहुने कानूनी प्रावधान भएकाले सम्झाएर पठाउने गरेको अध्यक्ष कामतको भनाइ छ ।
सरकारले कम उमेरमा विवाह गरेमा रु २५ हजार जरिवाना र एक वर्ष कैद गर्ने कानून बनाए पनि यसलाई व्यवहारमा नमान्ने मानिसहरुले नै भविष्यमा दुःख भोग्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जमा खानेपानीको संकट गहिरिँदै
बैशाख ३१, २०८१ सोमबार
अभिशाप बन्यो खडीखानीको सपना !
बैशाख ३०, २०८१ आइतबार
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार