१३ माघ २०७९, शुक्रबार
सडक/यातायात

पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएपछि यात्रुहरु बीचबाटोमै अलपत्र

प्रकाशित मिति :  १२ आश्विन २०७६, आईतवार १०:२३


पाटन नगरपालिका

१२ असोज, बैतडी । केही दिनदेखिको अविरल वर्षाका कारण सडक भासिँदा पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ ।

उक्त सडकखण्डको पाटन नगरपालिका वडा नं ६ लोर्खा सडक भासिएर शनिबार बेलुकादेखि सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सडक पुरै भासिएकाले सडक सञ्चालन गर्न केही समय लाग्ने प्रहरी नायब उपरीक्षक पाण्डेयको भनाइ छ ।

सडक अवरुद्ध हुँदा दशैँका लागि घर फर्किरहेका बैतडीको तल्लोस्वराडका यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । यसका साथै शनिबार बेलुकादेखि सवारीसाधन पनि बीचबाटोमै रोकिएका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा