१२ असोज, पर्सा । सर्वोच्च अदालतको वि स २०५२ साल जेठ २५ गते गरेको फैसलाले ४ बर्ष ११ महिना १० दिन कैद सजाय तोकिएको ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला पर्सा बिरगंज महानगरपालिका १२ बस्ने ४९ बर्षका समिम अख्तर अंसारीलाई खोज तलास गर्दै जाने क्रममा आफ्नै गाउँघरमा लुकिछिपी बसी रहेको अवस्थामा पर्सा प्रहरीले पक्राउ गरेको हो ।
पर्सा प्रहरी कार्यालयबाट शनिबार राती गस्तिमा गएको टोलीले प्रहरी टोलीले उनकै गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरि सम्मानित अदालतमा बुझाउने प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।