१३ असोज, काठमाडौं । सुनको भाउ घट्ने क्रमले निरन्तरता पाएको छ । आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेर ७० हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुन पनि प्रतितोला २०० सय रुपैयाँ नै घटेर ६९ हजार ७०० रुपैयाँमा आइपुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । पछिल्लो समय सुनको मूल्यमा तीब्र उतारचढाव हुने क्रम जारी छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलाको ८४० रुपैयाँ पुगेको छ । अहिले चाडपर्वको सिजन हो । चार्डपर्व नजिकिएसँगै सुनको माग बढ्ने गर्छ ।
यसअघि सुनको भाउ भदौ १८ गते हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिआउन्स न्यूनतम १ हजार ४९१।४४ डलरदेखि १ हजार ५००।५६ डलरसम्म कारोबार भइरहेको छ ।