१३ माघ २०७९, शुक्रबार
बजार/ब्राण्ड

एनर्जाइजरको पावर बैंकहरु अब नेपाली बजारमा

प्रकाशित मिति :  १३ आश्विन २०७६, सोमबार १९:४५


एनर्जाइजरको पावर बैंकहरु अब नेपाली बजारमा

१३ असोज,काठमाडौं । आईएमएस ग्रुप नेपालमा एनर्जाइजर पावर बैंकहरुको लागि एक मात्र आधिकारिक वितरक भएको छ । एनर्जाइजर, ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाईटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता हो । एनर्जाइजर विश्वकै प्रख्यात गतिशिल लिडर हो ।

एनर्जाइजरले निरन्तर रुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावर बैंक र वायरलेस चार्जिङ्गको उत्पादन गर्दै आएको छ । जसले मानिसको आज र भोलीको जीवन सरल पारेको छ । एनर्जाइजरसँग शक्तिशाली र पोर्टेवल दायराका पावर बैंकहरु छन् । जसले तपाईंको एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतिय उपकरणहरु तुरुन्त चार्ज गर्नेछ ।

नेपालमा कम्पनीले एनर्जाइजरको उत्पादनहरू स्मार्ट डोकोमार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगा स्टोरहरू मध्ये एक हो र चाँडै नै देशभर मोबाइल फोन आउटलेटहरूमा पनि उपलब्ध हुने कम्पनीले बताएको छ ।

“नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड एनर्जाइजरको वितरक हुन पाउँदा हामी अत्यन्तै खुशी र गर्व महशुस गर्दछौं । मूल्य अभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत क्रम प्रदान गर्न हाम्रो दृष्टिकोणको साथ, हामी अब नयाँ ऊर्जा प्रविधिको परिचय गर्दैछौं जुन हाम्रो राष्ट्रका नागरिकहरूको लागि नयाँ प्रविधिको साथ अगाडि बढ्नको लागि विश्वको पहिलो नवीनतम् र उदाउँदो प्रविधिहरूको पर्यायवाची” भएको आईएमएस ग्रुपका सीईओ दिकेश मल्होत्रा बताउँछन् ।

power-bank-energizer

यो पिढी यस्तो हो जहाँ स्मार्टफोन वा ग्याजेटहरू हामीसँग चौबिसै घण्टा हुन्छ, जसलाई तत्काल शक्ति बढाउन आवश्यक पर्दछ । त्यसकारण हाम्रा उपभोक्ताका आवश्यकताहरू पूरा गर्न, सहज र सुविधा प्रदान गर्न हामीले यो अन्तर्राष्ट्रिय ब्रान्ड, एनर्जाइजरको परिचय गराएका छौं ताकी उनीहरूको अनुभवलाई निरन्तर सुधार गर्न र प्रत्येक पक्षमा उनीहरूको अनुभवमा बृद्धि गर्न र उनीहरूको जीवनमा ठोस उत्थान ल्याउन मद्धत पुराउने सीईओ मल्होत्राको भनाई छ ।

आईएमएसको परिचय

आईएमएस ग्रुप पछिल्लो समय सबभन्दा छिटो बढिरहेको समूह हो जसमा २० भन्दा बढी बिभिन्न कम्पनीहरू आबद्ध छन् । आईएमएस नेपालमा सामसुङ्ग स्मार्टफोनको आधिकारिक वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनी पछिल्लो २७ बर्षमा बढेको र विविधीकरण भएको छ, जुन आईएमएस समूहको ब्यानरमा रहेको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता