१३ माघ २०७९, शुक्रबार
समाचार

महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाको सुझाव

प्रकाशित मिति :  १४ आश्विन २०७६, मंगलवार १२:५६


nekapa-meeting

१४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सभामुखको नैतिक आचरणका सम्बन्धमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै नेकपाले सो निर्णय गरेको हो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा




बिजुलीमा निराजनसँग उपासना
नेपालबहस संवाददाता

इनसेसेन्ट रेन एकेडेमी सुरु
नेपालबहस संवाददाता