१४ असोज, काठमाडौं । चाडपर्वमा सुन खरिदकर्तालाई केही राहत मिलेको छ । केही सयमअघि बेस्सरी चुलिएको सुनको भाउ अहिले घट्न थालेको छ ।
यसैक्रममा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेर ६९ हजार २ सय रुपैयाँ आइपुगेको छ । यस्तै, तेजाबी सुन पनि प्रतितोला ८०० सय रुपैयाँ नै घटेर ६८ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको ८२५ रुपैयाँ कायम भएको छ । चार्डपर्व नजिकिएसँगै सुनको माग बढ्ने गर्छ । यसअघि सुनको भाउ भदौ १८ गते हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस न्यूनतम १ हजार ४७४.८२ डलरदेखि १ हजार ४६२.४० डलरसम्म कारोबार भइरहेको छ ।