१३ माघ २०७९, शुक्रबार
सुरक्षा/अपराध

राष्ट्र र नागरिक सेवामा खटिन प्रहरी कर्मचारीलाई आईजीपी खनालको निर्देशन

प्रकाशित मिति :  १४ आश्विन २०७६, मंगलवार १५:१७


व्यास नगरपालिकामा कानूनी तथा मनोसामाजिक परामर्श

१४ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी वृत्त महाराजगंज तथा महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेको नवनिर्मित कार्यालय भवनहरुको मंगलबार आयोजित छुट्टाछुट्टै समारोहबीच उद्‍घाटन गरेका छन् ।

नवनिर्मित भवनहरुको शिलालेख अनावरण गरी उनले उद्‍घाटन गरेका हुन् । साथै उनले उक्त भवनहरुको निरीक्षण समेत गरेका छन् । भवन उद्‍घाटन समारोहको अवसरमा प्रहरी महानिरीक्षक खनालले दुवै भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरु तथा विभिन्न महानुभावहरुलाई प्रशंसापत्र, नगद पुरस्कार तथा मायाको चिनो प्रदान गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले सुन्दर भवनको निर्माणसँगै प्रहरीले प्रदान गर्ने सेवा पनि उत्तिकै सुन्दर हुन जरुरी रहेको उल्लेख गर्दै राष्ट्र र नागरिक सेवा प्रदान गर्न तथा राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न किञ्चित विचलित नभई सम्पूर्ण प्रहरी कर्मचारीहरु खटिन प्रतिवद्ध एवम् दृढ रहेको बताए । नेपाल प्रहरी नगरिकको सुरक्षाको लागि अहोरात्र खटिएको र प्राप्त सुविधाहरुको अधिकतम प्रयोग गरेर आगामी दिनमा पनि अझ सुन्दर सेवा दिन प्रतिवद्ध रहेको समेत उनले चर्चा गरे ।

सुरक्षा नै सबै भन्दा पहिलो सर्त रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले भने, ‘जहाँ सुरक्षित समाज हुन्छ, अनि मात्र त्यहाँ विकास एवम् आर्थिक गतिविधिका क्रियाकलाप हुन्छन् । सुरक्षाको सर्त पूरा गर्नका लागि नेपाल प्रहरी सदैव दृढ एवम् दत्तचित्त भई नागरिकसँग हातेमालो गर्दै अगाडि बढेको छ ।’

नागरिकसँग हातेमालो कार्यक्रमको परिस्कृत रुपमा नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारीको अवधारणा अन्तर्गत विभिन्न गतिविधि समेत संचालन गरेको र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा ती गतिविधि मार्फत समाजमा शान्ति सुरक्षा कायम साथै अपराध नियन्त्रण गर्न सहयोग प्राप्त भएको समेत उनले उल्लेख गरे ।

विकास निर्माणका काममा अबरोध पुर्‍याउने अवाञ्छित क्रियाकलापलाई निस्तेज गर्दै निर्माण सहजीकरण पार्न नेपाल प्रहरी दृढ संकल्पित भई आगडि बढिरहेको प्रहरी महानिरीक्षक खनालले बताए । अपराध नियन्त्रणमा प्रविधिको प्रयोगको साथसाथै मानवीय उपस्थिति समेत आवश्यक रहेको उल्लेख गर्दै प्रविधियुक्त नवनिर्मित्त भवनबाट उत्कृष्ट सेवा प्रवाह हुने विश्वास उनले व्यक्त गरे ।

भवन उद्‍घाटन समारोहको अवसरमा महानगरीय प्रहरी वृत्त महाराजगंजमा आयोजित समारोहमा UNOPS अन्तर्गत नेपाल प्रहरीको आधुनिकरण तथा सुदृढिकरण परियोजनाका प्रमुख कोमल कार्कीले उक्त वृत्तको भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै डीएफआईडीको सहयोग र UNOPS को सहकार्यमा करिब ११ करोड रुपैयाँको लागतमा उक्त आधुनिक प्रविधियुक्त ५ तले भवन निर्माण भएको जानकारी दिइन् । सो अवसरमा UNOPS नेपालका कन्ट्री डाइरेक्टर CHARLES CALANAN र हेड अफ डीएफआईडी नेपालका LISA HONAN ले आ-आफ्नो मन्तव्य व्यक्त गरे ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले नवनिर्मित्त प्रविधियुक्त भवनहरुले प्रहरी कर्मचारीमा मनोबल बढ्नुका साथै थप क्रियाशील भई कार्य सम्पादन गर्न हौसला प्रदान गर्ने बताए ।

साथै महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेको भवन उद्‍घाटन समारोहमा उक्त वृत्तका प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै लक्ष्मेश्वर गुठीको नाममा रहेको उक्त कार्यालय भवनको जग्गा खरिद कार्यको लागि ११ करोड ३० लाख ५० हजार भुक्तानी गरी गत असार ३० गतेबाट जग्गा समेत बृत्तको स्वामित्वमा आएको जानकारी दिए ।

यस्तै नेपाल सरकारको नियमित बजेटबाट कूल ७ करोड ९३ लाख ७६ हजार ३ सय ७२ रुपैयाँ ९२ पैसाको लागतमा ३१ वटा कोठा सहितको ५ तले उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । नेपाली चलचित्रका महा नायक राजेश हमालले समेत मन्तव्य व्यक्त गरेको उद्‍घाटन समारोहमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ र १६ का वडा अध्यक्षहरुले समेत आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पुर्व प्रहरी महानिरीक्षकहरु, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, चलचित्रकर्मीहरु, संचारकर्मी एवम् वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता