समाचार टिप्पणी
१४ असोज,काठमाडौं । बलात्कारको आरोपमा सभामुख पदबाट राजीनामा गर्न बाध्य बनाइएका कृष्णबहादुर महराको राजनीतिक जीवन धरापमा परेको छ । लामो समय राजनीतिमा सक्रिय महराको अब भने राजनीतिक अवशानको यात्रा अघि बढेको हो । सधैं लाभको पदमा रहेका उनी लामो समय शिक्षण पेशामा थिए ।
महरा ०४८ सालमा रोल्पाबाट संयुक्त जनमोर्चाको उम्मेदवारका रुपमा प्रतिनिधिसभामा प्रवेश गरेका पुराना नेता हुन् । ०५२ सालमा नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धदेखि उनी भूमिगत रुपमा राजनीतिमा संलग्न रहे । ०६३ सालमा माओवादी मूलधारको राजनीतिमा आएसँगै उनको सत्ता यात्रा सुरु भएको हो । यस अवधिमा उनी सबैभन्दा बढी अवसर पाउने माओवादी नेता रहे ।
अब उनको घडा भरिएछ , त्यसैले पोखिएको छ – राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी भन्छन् । राजनीतिको खोल ओडेका यस्ता व्याँसालाई नांगेझार पार्नै पर्छ – केसीको भनाई छ । तर राजनीतिको आडमा अपराध गर्नसक्ने यस्ता बहुरुपियाले अझै पनि पीडितलाई प्रभावित पार्न सक्ने उनको आशंका रहेको छ ।
पटक पटक मन्त्री बनेका महरा चर्चित लडाकू समायोजन काण्डमा विवादित फर्जी बिलको भुक्तानी लिने नेताका रुपमा पनि परिचित छन् । नभएका नक्कली लडाकू खडा गरी उनको नाममा अर्बाै रुपैयाँ भुक्तानी भएको भन्दै त्यसताका चर्काे विरोध भएको थियो । यस्तै चुनावका बेला चिनियाँ व्यापारीसँग ५० करोड माग गरेको उनको अडियो सार्वजनिक हुँदा पनि उनी कारबाहीबाट जोगिएका नेता हुन् ।
माओवादी सुप्रिमो पुष्पकमल दाहालका भित्रियाका रुपमा चिनिएका महरा सधैं लाभको पदमा रहे । गत निर्वाचनमा दाङबाट निर्वाचित महराले प्रचण्डकै पहलमा सभामुख पद हत्याएका थिए । अब उनको घडा भरिएछ , त्यसैले पोखिएको छ – राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी भन्छन् । राजनीतिको खोल ओडेका यस्ता व्याँसालाई नांगेझार पार्नै पर्छ – केसीको भनाई छ । तर राजनीतिको आडमा अपराध गर्नसक्ने यस्ता बहुरुपियाले अझै पनि पीडितलाई प्रभावित पार्न सक्ने उनको आशंका रहेको छ ।
स्रोतका अनुसार, महरा र पूर्व माओवादी पक्ष यो केसलाई रफादफा बनाउन विभिन्न खाले दवाव सिर्जना गरिरहेको छ । पीडित महिलाका श्रीमान् महराका पनि परिचित भएको बताइन्छ । महराले यो केस डिसमिस गर्न फकाउने काम गरेका छन् । त्यसैले अहिलेसम्म पीडित पक्षले औपचारिक रुपमा उजुरी दिएको छैन । त्यसैका आधारमा प्रहरीले औपचारिक रुपमा अनुसन्धान अघि बढाएको छैन ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा गर्न सुझाए पनि अर्का अध्यक्ष पुष्पकमल दाहालले भने सशर्त राजीनामा दिन भनेका थिए । त्यसैका आधारमा महराले छानविन पूरा नभएसम्मका लागि राजीनामा दिएको भन्ने शव्दावली राजीनामा पत्रमा उल्लेख गरेका छन् । तर डा. केसी भन्छन् – यो त काईते कुरा मात्रै हो ।
प्रधानमन्त्री ओलीले आज बिहान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बालुवाटार बोलाएर यो प्रकरणमा छानविन अघि बढाउन निर्देशन समेत दिईसकेका छन् । यसैबीच यौन दुराचारी महरालाई तत्काल पक्राउ गरी कारबाही पक्रिया अघि बढाउन माग गर्दै राजधानीमा जुलुस निस्किएको छ ।
संविधानमा शर्तसहितको राजीनामाको कुनै प्रावधान छैन । त्यसैले महराको पद अब सधैंका लागि समाप्त भयो । पदमुक्त भएपनि उनको अपराधको स्तर हेरेर हदैसम्मको कारबाही गर्ने काम सरकारले गर्नुपर्छ – केसी भन्छन् । पूर्व एमाले पक्षधर महराको पत्तासाफ गर्न गति छाडेर लागेकाले कारबाहीको संभावना रहेको बुझाई केसीको रहेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज बिहान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बालुवाटार बोलाएर यो प्रकरणमा छानविन अघि बढाउन निर्देशन समेत दिईसकेका छन् । यसैबीच यौन दुराचारी महरालाई तत्काल पक्राउ गरी कारबाही पक्रिया अघि बढाउन माग गर्दै राजधानीमा जुलुस निस्किएको छ ।
अहिले दिउँसो राजधानीस्थित माइतीघर मण्डेलामा प्लेकार्डसहित निस्किएको जुलुसले महरामाथि कारबाहीको माग गरेको छ ।
र याे पनि हेर्नुहाेस्…...♦ यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराद्वारा पदबाट राजीनामा
♦ सभामुख महरामाथि स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्छ : महामन्त्री कोइराला
♦ कांग्रेस नेता थापा भन्छन्, सभामुखमाथिको आरोपको छानविन नागरिकसरह हुनुपर्छ
♦ महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाको सुझाव
♦ पूर्व एमालेको शिकार बने महरा, बलात्कारीको आरोप !
♠ कांग्रेस सभापतिहरुद्वारा सभामुख महरालाई कारबाहीसहित राजीनामाको माग
♣ सम्माननीय सभामुख महरामाथि नै बलात्कारको आरोप, प्रहरी छानविनमा अनिच्छुक !