१७ माघ २०७९, मंगलवार
समाचार

संसद् सचिवालयमा कार्यरत कर्मचारीद्वारा प्रहरीमा लिखित निवेदन, ममाथि कुनै दुव्र्यवहार भएको छैन

प्रकाशित मिति :  १६ आश्विन २०७६, बिहीबार ००:१०


अर्को खतरा शुरु

१५ असोज, काठमाडौं । सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुव्र्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि कुनै दुव्र्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन् ।

तिनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा बुधबारसाँझ आफैँ उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराइएकी हुन् ।

उनले दिएको लिखित निवेदनमा भनिएको छ, “म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियाँमा कसरी समाचार आए, मलाई थाहा छैन । सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन ।”

पीडित भनिएकी ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना नभएको लिखित जानकारी गराएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता