१३ माघ २०७९, शुक्रबार
समाचार

बडादशैंको टीकाको साइत सार्वजनिक [यस्तो छ शुभ समय]

प्रकाशित मिति :  १६ आश्विन २०७६, बिहीबार ०९:०९


बडादशैंको टीकाको साइत सार्वजनिक, यस्तो छ शुभ समय

१६ असोज काठमाडौं। बडादशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङग निर्णायक समितिले दिएको उक्त साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैं मनाउने सूचनाका लागि जानकारी गराएको छ ।

महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजे देखि नै सर्वसाधारणको दर्शनको लागि खुला हुने व्यवस्था गरिएको छ । हनुमानढोका दरबार गद्दी बैठक छेउको कडेल्चोक भगवतीमा पनि भक्तजनले दर्शन गर्न सक्नेछन् ।

पशुपतिस्थित राजराजेश्वरी मालगाईको होमको प्रसादपनि भक्तजनले लगाउन पाउने छन् । यहीँ रहेको पाँच टाउके महादेव दशएनका लागि राजराजेश्वरी पीठ खुला गरिएको छ ।

संस्थान काठमाडौं शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार संस्थान अन्र्तगतका दक्षिणकाली,कङ्केश्वर, शाभा भगवती, मैतीदेवी, गुह्वेश्वरी, नक्साल भगवती लगायतका शक्ति पिठहरुमा भक्तजनको सुविधाकालागि स्थानिय व्यवस्थापन समितिलाई क्रियाशील बनाइएको खवर आजको गार्खापत्रमा छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा