सतीघाटमा फेरी निर्माण शुरु
Advertisement

युवराज विष्ट / रासस

२२ असोज, भोजपुर । षडानन्द नगरपालिकाको सतीघाटमा फेरी निर्माण हुने भएको छ । नगरपालिकाको रु एक करोड ३५ लाख तथा प्रदेश र केन्द्र सरकारको ६८ लाख गरी करीब रु दुई करोड लागतमा फेरी निर्माणको काम शुरु भएको हो ।

उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने यो मुख्य सडक खण्ड हो । सडक निर्माण भए पनि नदी तर्ने कुनै माध्यम नहुँदा स्थानीयवासीलाई आवतजावत तथा सामान ढुवानीमा समस्या हँुदै आएको छ ।

Advertisement

सो स्थानमा सवारी साधन तार्नका लागि फेरी लगाउने कामको प्रक्रिया अगाडि बढेपछि स्थानीयवासी खुशी भएका छन् । पुल बनाउन ठूलो खर्च तथा लामो समय लाग्ने भएको हुँदा तत्कालका लागि स्थानीयवासीलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फेरी निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

फेरी निर्माण भएपछि सामान ढुवानी गर्न तथा सङ्खुवासभालगायत अन्य जिल्लासंँग सम्पर्क गर्न यातायातबाट सहज पहुँच हुने नगरपालिकाले जनाएको छ । नगरप्रमुख वीरबल राईले भने, ‘‘ पुल नहुँदा यहाँका सर्वसाधारणले वर्षौँदेखि कष्टकर जीवन बिताउँदै आएका छन्, पुल निर्माण गर्न धेरै समय र लागत लाग्ने भएकोले तत्काललाई फेरी निर्माणको काम अघि बढाएका हौँ ।’’

नगरपालिकालाई अन्य जिल्लासंँग जोड्ने यो सबैभन्दा छोटो मार्ग हो । मानिस तथा मोटरसाइकल झोलुङ्गे पुलबाट आवतजावत गरे पनि त्यसबाहेकका सम्पूर्ण सवारी साधन अरुणको किनारामा बस्न बाध्य छन् । सोका कारण सामान ढुवानी तथा अशक्त वृद्धवृद्धालाई ज्यादै समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी श्याम कार्कीले भने, ‘‘यो नदीमा पुल नहुँदा हामीले निकै सास्ती भोग्नुपरेको छ, दीर्घकालीन नभए पनि तत्काललाई फेरी निर्माणको काम शुरु भएको छ, हामी निकै खुशी छौँ ।’’

फेरी निर्माणको काम समयमा सकिए नगरपालिकाको विकासमा टेवा पुग्ने स्थानीय नागरिकले बताएका छन् । सङ्खुवसभाबाट झोलुङ्गे पुलबाट सामान तार्न सामग्री हेरी क प्रतिकेजी रु ५ देखि १० सम्म तिर्नुपर्ने स्थानीयवासी गणेश लम्सालले बताए । लम्सालले भने,‘‘ हामीलाई निकै सास्ती छ, मानिसलाई सामग्री बोकाउनपर्ने अवस्था छ, महँगो शुल्क तिरेर ढुवानी गर्दा हामी निकै मारमा छौँ । ’’

Advertisement
अघिल्लो लेखपूर्वनवलपुरमा दुई करोड ५० लाखको खसीबोका बिक्री
अर्को लेखमिथिलामा देवी प्रतिमा विसर्जन
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्