किन बोलाए प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुको बैठक ?
Advertisement

२३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारबाट हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे सुझाव लिन पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेका छन् । उनले पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत र विज्ञहरुसहित बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज बिहीबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । विदेशी राष्ट्रप्रमुख वा प्रधानमन्त्रीको भ्रमण अघि प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्ने प्रचलन छ ।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग छलफल गर्ने प्रचलनअनुसार प्रधानमन्त्री ओलीले बिहीबार बैठक डाकेको प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार डा। राजन भट्टराईले जानकारी दिए।

Advertisement

छलफलमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्र बहादुर चन्दलगायतलाई आमन्त्रण गरिएको छ । पूर्वपरराष्ट्रमन्त्रीहरु र चीनका लागि पूर्व नेपाली राजदूतहरुलाई समेत आमन्त्रण गरिएको छ । चिनियाँ राष्ट्रपति सी राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् ।

Advertisement
अघिल्लो लेख‘महरा यौन काण्ड’लाई यसरी पनि हेरौँ
अर्को लेख बाँकेमा ९८ हजार नगदसहित जुवाडे पक्राउ
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्