सीको भ्रमणमा भारतीय चासो
Advertisement

२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपालको दुई दिने राजकीय भ्रमणमा आउने तय भएको छ । हिजो मात्र सरकारले यसबारे औपचारिक रुपमै कार्यक्रम घोषणा गरेको छ ।

सरकारले चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई आफ्नो कार्यकालकै सबैभन्दा ठूलो उपलव्धिका रुपमा प्रचार गर्न थालिसकेको छ । चिनियाँ राष्ट्रपति सीको स्वागतार्थ सरकारले ठाउँ ठाउँमा स्वागतद्वार बनाएको छ ।

साथै सीको भ्रमणलाई उच्च महत्व दिन नेपाल सरकारले स्वयं राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न विमास्थल पठाउने निर्णय गरेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताएका छन् ।

Advertisement

यसअघि सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जेमिन नेपाल भ्रमणमा आएका थिए । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति चियाङ जमिन नेपाल आएका थिए। त्यसबेला नेपालमा राजतन्त्र थियो। गणतन्त्र आएपछि सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री वेन जिआबाओ अन्यन्त छोटो समयका लागि नेपाल आएका थिए।

त्यसपछि पहिलो पटक राष्ट्रपति सी नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति सीको भ्रमणलाई उच्च महत्व दिएको नेपाल सरकारका गतिविधिलाई अर्काे छिमेकी भारतले मिहिन रुपले नियाली रहेको छ ।

नेपाल आउनु अघि भारतको चेन्नाई पुग्ने चिनियाँ राष्ट्रपति सीको कार्यतालिका रहेको छ । भारतबाट फर्कने क्रममा नेपाल आउने तयारी गरेको राष्ट्रपति सीको भ्रमणका बेला के कस्तो सन्धि सम्झौता हुने भन्ने विषयमा भारतीय पक्षले चासो राखेका छन् ।

Advertisement
अघिल्लो लेखसीको स्वागतमा नक्कलीपन
अर्को लेखमालपोत कार्यालयका प्रमुख यौनकाण्डमा पक्राउ
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्