मनकामना केबलकार आजदेखि पुनः सञ्चालन
Advertisement

२३ असोज मुग्लिन । मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो ।

नेपालीको महान् पर्व बडादशैँको समयमा हरेक वर्ष झैं यो वर्षपनि असोज २० गतेदेखि तीन दिनका लागि बन्द गरिएको केबलकार सेवा आजदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए।

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार चेरेसमा मनकामना केबलकारको प्रवेशद्वार ‘बटम स्टेशन’ रहेको छ । उक्त केबलकार स्टेशनमा मनकामना दर्शनका लागि जानेहरुको प्रायः सधैँ भीड नै लाग्ने गर्दछ । दर्शनार्थीको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको यो कम्पनीको केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका ओसार्ने गरेको छ ।

Advertisement

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शन र पूजाका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

Advertisement
अघिल्लो लेखदशैँ सकिएसँगै फर्कने यात्रु बढ्दै
अर्को लेखइरानद्वारा रुसको पत्रकार रिहा
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्