प्रहरी बुलेटिन : बिहीबार कहाँ के भयो ? [थाहा पाउनुस]
नेपालबहस संवाददाता
असोज २४, २०७६ शुक्रबार १२:१५:४०
२४ असोज काठमाडौं । प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय तथा प्रहरी समाचारका अनुसार बिहीबार देशैभर भएका घटना दुर्घटना यस्ता रहेका छन् ।
काठमाडौंको टोखा नगरपालिका-११ महादेवटार हाईट बस्ने ६५ वर्षीया सिलमाया तामाङको करिब ३ तोलाको सुनको सिक्री बिहीबार बिहान लुटपाट भएको छ ।
घर अगाडि रोड छेउमा मुख धुने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिहरुले उक्त सिक्री लुटी फरार भएको बताइएको छ । लुटपाटमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै नवलपरासी ‘पश्चिम’को प्रतापपुर गाउँपालिका-५ बसहिया बस्ने २२ वर्षीय अभिमन्यु सिंह कुर्मीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । मोटरद्वारा पानी तान्ने क्रममा मोटरको तार सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएका सिंहको उपचारका लागि शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ धोद्रे बस्ने ३१ वर्षीया दाल कुमारी राई छिमेको घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छन् । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ चिवा बस्ने ३० वर्षीय राम कवित राई बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
सोमबार बिहान सिसुवा खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता धनुषा, जनकनन्दनी गाउँपालिका-३ महुवास्थित सार्वजनिक जग्गाको घरमा बिहीबार बिहान आगलागी हुँदा ९ वटा मोटरसाइकल, ३ वटा साइकल र घर समेत जलेर करिब १५ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
भोजपुर, आमचोक गाउँपालिका-९ दुम्माना बस्ने दिप बहादुर श्रेष्ठको घरमा बुधबार बेलुका अगलागी हुँदा नगद, भाडावर्तन, लत्ताकपडा, अन्नपात लगायतका सरसामान जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनामल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार