‘नेपाल अब भूपरिवेष्ठित रहन्न’
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १४:१३:०
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि भएको नेपाल भ्रमणले नेपालीमा उत्साह छाएको छ । राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरको पत्रपत्रिकाले चिनियाँ राष्ट्रपति चिनफिनको भ्रमणबारे उत्साहसहितको समाचार प्रकाशित गरेका छन् । पत्रपत्रिकामा राष्ट्रपति सीको भ्रमणबारे फरक फरक शीर्षकमा समाचार प्रकाशित भएको छ ।
गोरखापत्र दैनिक– जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिनको नेपाल भ्रमणले जनस्तरमा समेत अपार उत्साह छाएको छ । राष्ट्रपति सीको भव्य स्वागतका लागि शनिबार अपरान्ह सडकमा लामवद्ध राष्ट्रसेवक कर्मचारी र सर्वसाधारण उत्साहहित रुपमा सहभागी भए ।
राजधानी दैनिक– नेपालले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणकाम लागि लामोसमय देखि प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन ।
अहिले भने दुई तिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्री केपी ओलीको अथक प्रयास प्रयास र सबै राजनीतिक दलको सकारात्मक सहयोगका कारण लामो समयदेखि सीलाई नेपाल भ्रमण गराएर विकास र समृद्धिको ढोका खुलाउने नेपाली प्रयासले सार्थकता पाएको छ ।
राष्ट्रपति सीको भ्रमणको क्रममा चीन र नेपालबीच हुने ऐतिहासिक समझदारी नेपालको विकासको लागि कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।
अन्नपूर्ण दैनिक– चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन गर्ने प्रतिवद्धता जनाएको छ । सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेकाे रात्रिभोजमा त्यस्तो घोषण गर्नुभएको हो ।
कान्तिपुर दैनिक– चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षासम्बन्धी सम्पूर्ण योजना बलाधिकृत रथी शरदकुमार गिरीको नेतृत्वमा रहेको संयन्त्रले मिलाएको छ ।
सेनाका उपरथी, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका अधिकारी समेत सम्मिलित संयन्त्रको निर्देशन अनुसार सीको सुरक्षा व्यवस्थापन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार