कांग्रेसको चियापान कार्यक्रम सम्पन्न [फोटोफिचर]
नेपालबहस संवाददाता
असोज २६, २०७६ सोमबार ४:३९:४६
भीष्मराज ओझा /रासस
२६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायतका नेताले स्वागत गरेका थिए। कार्यक्रम दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, समाजवादी पार्टीका नेता एवम पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेकपा ‘माले’का महासचिव सिपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिएका थिए ।
शीर्ष नेताहरुले दशैँलगायत पर्वहरुको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना दिनुका साथै सञ्चारकर्मीको जिज्ञासामा समसामयिक राजनीतिक विषय र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण सफल भएको सम्बन्धमा समेत आफ्ना धारणा व्यक्त गरेका थिए ।
चियापान व्यवस्थित भन्दै प्रशंसा
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा शुभकामना दिन विभिन्न दलका शीर्ष नेता, मन्त्रीहरु, सांसद, राष्ट्रसेवक कर्मचारी, कुटनीतिक नियोगका प्रतिनिधि, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, कानून व्यवसायी, मानवाधिकारकर्मी, सञ्चारकर्मी, पार्टीका नेता कार्यकतालगायत हजारौँको उपस्थिति थियो ।
कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा पार्टीका झण्डा, ब्यानरसहित सजिसजाउ गरिएको थियो । आमन्त्रित अतिथिहरुको लामो लाइन भए पनि शुभकामना आदानप्रदान र चियापानका लागि उचित प्रबन्ध गरिएको थियो । अतिथि एवं नेता कार्यकर्ताको लाइन व्यवस्थापन गर्न प्रवेशका लागि पश्चिम ढोका र बाहिरिनका लागि पूर्वी ढोकाको प्रयोग गरिएको थियो ।
त्यस्तै सञ्चारकर्मीका लागि रिर्पोटिङ गर्न तथा तस्बीर र भिडियो खिच्नका लागि छुट्टै स्टेज र शीर्ष नेतालाई शुभकामना मन्तव्य दिनसमेत छुट्टै माइक स्टेजको व्यवस्था गरिएको थियो । कार्यक्रममा आमन्त्रितहरुले यो पटक काङ्ग्रेसले चियापान कार्यक्रम निकै व्यवस्थित गरेको भनी प्रशंसासमेत गरेका थिए ।
कार्यक्रममा ५० बढी पिन्ट रगत सङ्कलन
चियापान कार्यक्रमकै अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पार्टीका ५० भन्दा बढी नेता कार्यकर्ता एवं सर्वसाधारणले स्वतःस्फूर्त रुपमा रक्तदान गरेका थिए ।
काङ्ग्रेसले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिको संयोजनमा चियापान समारोह आयोजना गरेको थियो । सिन्धुपाल्चोकमा भने शुक्रबारको बस दुर्घटनामा परी १५ जनाको निधन भएकाले चियापान स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ ।
विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
मधेशमा जसपा धरापमा, एमाले नेतृत्वमा नयाँ सरकार बन्ने
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार