विकास रनिङ शिल्डको तयारी पूरा
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १६:५०:५५
२९ असोज, चितवन । नारायणगढको क्याम्पाचौरमा भोलि ‘शुक्रबार’बाट शुरु हुने राष्ट्रियस्तरको फुटबल प्रतियोगिता विकास रनिङ शिल्डको तयारी पूरा भएको छ ।
आयोजकले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको हो । यहाँ हुँदै आएका दुई प्रतियोगितालाई संयुक्तरूपमा ‘टुबोर्ग जेसिज विकास रनिङ शिल्ड–२०७६’ नामाकरण गरी आयोजना गर्न लागिएको हो ।
कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको विकास शिल्ड समितिका मूल संयोजक कपिल श्रेष्ठले जानकारी दिए । नारायणगढ जेसिजको आयोजना, चितवन जिल्ला फुटबल सङ्घको सहआयोजना र समितिको सहयोगमा हुनलागेको सो प्रतियोगितामा ‘ए’ डिभिजनका सहित १० राष्ट्रिय टिम सहभागी हुनेछन् ।
नारायणगढ जेसिजका अध्यक्ष विकासमान श्रेष्ठका अनुसार मैदान सम्याउने र दुबो हरियो बनाउने काम सकिएको छ । चारैतिर बार लगाइएको छ । दर्शकलाई बस्न सहज होस् भन्नका लागि मैदानको पश्चिमतर्फ अस्थायी प्यारापिटमा एक हजार ५०० दर्शक बस्न सक्ने क्षमता रहेको छ ।
प्रतियोगिताका लागि बनाइएका १६ उपसमितिहरूले सबै तयारी अन्तिम चरणमा पु¥याएको प्रतियोगिता संयोजक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ‘ए’ डिभिजनका सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब, सरस्वती क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा क्लब, चितवन ११, मकवानपुर ११, झापा ११ र भारतको युनाइटेड दार्जलिङबीच प्रतिस्पर्धा हुनेछ ।
खेललाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’मा चितवन ११, झापा ११, सशस्त्र, मकवानपुर ११ र नेपाल आर्मी रहेका छन् । समूह ‘ख’ मा सङ्कटा, सरस्वती, पुलिस, जावलाखेल र युनाइटेड रहेका छन् ।
प्रतियोगिताको विजेताले रु छ लाख छ हजार ६६, शिल्ड र उपविजेताले रु तीन लाख तीन हजार ३३ र शिल्ड प्राप्त गर्नेछन् । प्रतियोगिता अवलोकनका लागि पहिलो चरणमा रु १०० र २०० को टिकट व्यवस्था गरिएको छ । क्वाटरफाइनलपछि भने टिकट दर फरक पर्न सक्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।
यो प्रतियोगितामा झण्डै चार दशकअघिको विकास रनिङ शिल्ड र दुई वर्षअघि शुरु भएको जेसिज कप फुटबल प्रतियोगिता मिलाएर यसपटक संयुक्तरूपमा जेसिज विकास रनिङ शिल्ड गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
उदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार